arrow

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
daura1.jpg

तेह्रथुम। जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

बिहीबार बसेको गाउँकार्यपालिकाको पहिलो बैठकले कुनै पनि औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रुपमा सहभागी हुँदा नेपाली पोशाक लगाउने र जिल्लाको गहनाको रुपमा ढाका कपडाको प्रवद्र्धनका लागि ढाकाका कपडासमेत प्रयोग गर्ने निर्णय भएको अध्यक्ष सन्तवीर तिगेलाले बताए ।

बैठकले गाउँपालिकामा निर्वाचित कोही पनि प्रतिनिधिलाई बेरोजगार वा फुर्सदिलो नहुने गरी विभिन्न १० वटा विषयगत समिति समेत गठन गरेको छ । गाउँकार्यपालिकाले विगतदेखि हालसम्म सञ्चालनमा रहेका सबै योजनाको अनुगमन, निरीक्षण र पारदर्शी बनाउनमा जोड दिने निर्णय गरेको छ ।

जिल्लाका कान्छा प्रमुखका रुपमा चर्चामा आएका युवा नेता तिगेलाले पाँच वर्षभित्र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी टिमलाई क्रियाशील बनाएर काम गर्ने बताए ।

उनले गाउँपालिकाको समृद्धिका लागि निर्वाचित भएका सबै जनप्रतिनिधिलाई सक्रिय राख्न सबैको आ–आफ्नो क्षमता र दक्षता बमोजिमको जिम्मेवारी दिइएको उल्लेख गरे। छथर गाउँपालिकाका लागि सरकारले २३ करोड ४५ लाख बराबरको बजेट सीमा तोकिसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ