arrow

डा केसीसँगको वार्ता निष्कर्षविहीन,  शनिबार फेरि वार्ता हुने

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
@ KC.jpg.jpeg

काठमाडौँ। चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच शुक्रबार भएको वार्ता शनिबार पुनः वार्ता गर्ने गरी सकिएको छ । 

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी शनिबार पुनः वार्ता गरिने जनाएको छ । 

डा केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो । सरकारले वार्ता टोली बनाएलगत्तै बिहीबार बेलुका वार्ता टोलीले अनसनरत डा केसीलाई भेट गरी वार्ता गरेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ