arrow

पाँचथरमा सवारी दूर्घटना, एक बालिकाको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन १४ शनिबार

पाँचथर । पाँचथरको फिदिममा शुक्रबार दिउँसो भएको सवारी दूर्घटनामा परेर गम्भीर घाईते भएकी एक बालिकाको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा साविक प्राङबुङ ८ की रमिला खपांगीकी ६ वर्षिया छोरी लक्की खपांगी रहेकी छिन् । उनलाई उपचार लागि बि.एण्ड सी अस्पताल लैजाँदै गर्दा इलामको कोल्बुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै दूर्घटनामा परेर गम्भीर घाईते भएका साविक भारपा ७ का मिरा तामाङ, उनकी छोरी शिखा तामाङ, भारपा १ का हेमराज खनाल, मेमेङ ७ का तेज बहादुर गुरुङ र भारपाकै भानुभक्त खनालको भने बि.एण्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले बताए ।

यस्तै फालेलुङ ४ का दावा गुरुङ, निमा गुरुङ,  समिप गुरुङ, र चालक फिदिम ३ सुम्निमाका बिक्रम राईको भने जिल्ला अस्पताल पाँचथरमा उपचार भइहेको छ । सदरमुकाम फिदिमदेखि मेमेङ तर्फ जाँदै गरेको मे १ ज १८९२ नम्बरको जिप बिपरित दिशाबाट आइरहेको गाडिलाई साइड दिने क्रममा सडकदेखि करीब ६० मिटर तल खस्दा १३ जना घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ