arrow

चिनियाँ र अमेरिकी आप्रवासीको आश्रय स्थल बन्यो दक्षिण कोरिया

logo
अर्जुन बराल,
प्रकाशित २०७४ साउन १४ शनिबार
korean.jpg

सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको जनाएको छ ।  पछिल्ला दश बर्षको तथ्याङ्कका आधारमा आप्रबासीको संङख्या बढेको कोरियाको न्याय मन्त्रालयले जनाएको छ  ।

कोरियाको कुल जनसंङख्याको चार प्रतिशत अर्थात २० लाख चालीस हजारको हाराहारीमा आप्रबासी रहेको मन्त्रालयले जनाएको छ । रोजगार प्रक्रिया प्रणाली लागु भएका राष्ट्र तथा बाहिरी राष्ट्रका नागरिकको गणना गरि सो बिबरण तयार पारिएको राष्ट्रिय तथ्याङ्क बिभागले सरकारलार्ई जानकारी गराएको छ ।

राष्ट्रिय तथ्याङ्क बिभागको बिबरण अनुसार चिनियाँ आप्रबासीको संख्या १० लाख १६ हजार ६ सय ७ अर्थात कुल आप्रबासीको ४९.६ प्रतिशत रहेको छ ।कोरियामा पुग्ने आप्रबासीहरुमा चिनियाँहरु सबैभन्दा ज्यादा रहेका छन् ।  त्यस्तै कोरियामा पुग्ने  भियतनाका आप्रबासी ७.३ प्रतिशत रहेका छन् ।

संयुक्त अधिराज्य अमेरिकाबाट कोरियामा पुग्ने आप्रबासीको संख्या  १ लाख ४० हजार २ सय २२ रहेको छ । भने थाईल्याण्डबाट १ लाख ८ सय ६० फिलिपिन्स ५६ हजार ९ सय ८० उज्वेकिस्तान ५४ हजार ४ सय ९० रहेका छन् ।

आप्रबासीहरुलार्ई बिभिन्न नयाँ योजनासहित दक्ष कामदारको सुचीमा अबलम्बन गरि कोरियामा नै रहने   आर्कषण गरिएका नयाँ नियम लागु भएको कोरिया सरकारले जनाएको छ । तर ओर्रईसिडीको तथ्याङ्कमा जनाएअनुसार सन् २०१७ को अप्रिलसम्म आईपुग्दा चौबिस बर्र्षसम्मका युवायुवतीको बेरोजगार संङख्यामा क्रमश बृद्धि भै ११.२ प्रतिशतमा पुगेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ