arrow

‘छिट्टै नयाँ सिँचाई गुरुयोजना ल्याउँछु’ : मन्त्री गौतम

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
sanjay_gautam.jpg

काठमाडौं। सिँचाईमन्त्री सञ्जय गौतमले नेपाल कृषि प्रधान देश भएकोले सिँचाई व्यवस्थालाई सुदृढ गर्न आफू गम्भिर भएर लागिपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गौतमले सिँचाईसम्बन्धी योजना धेरै वर्ष पूरानो भएकोले आफ्नो प्रथम योजना नै सिँचाईसम्बन्धी नयाँ मास्टर प्लान ल्याउने विश्वास दिलाए ।

मन्त्री गौतमले भने,‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयन गर्नु मेरो पहिलो प्राथमिकता हो।’ उनका अनुसार बबही, भेरी, सिक्टा र रानी जमारा सिँचाई आयोजनाहरुलाई समयमै कार्यान्वयन गर्नको लागि आफू गम्भिर रहेको जनाए । ‘म त बर्दियाको मान्छे, भावानात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरुसँग जोडिएको छु, अब साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउनेछु, उनले थपे,‘अब कृषि उत्पादनलाई समेत अघि बढाउने मेरो प्राथमिकता छ।’

कृषिलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उनले थपे,‘अन्तर मन्त्रालय समन्वय गरेर खासगरि कृषि, स्थानीय तथा वातावरण मन्त्रालयवीच एकीकृत रुपमा यसबारेमा छलफल गरेर अघि बढ्नुपर्छ।’ उनले नदी नियन्त्रण, बाढिपहिरो लगायतका प्राकृतिक विपद्को व्यवस्थापन गर्ने र जनतालाई राहत दिनेगरि आफू अघि बढ्ने समेत जनाए । कृषियोग्य जमिनमा सिँचाई पुर्याउने आफ्नो लक्ष्य रहेको समेत योजना सुनाए । गौतमले उर्जा क्षेत्रमा नयाँ काम भए अनुसार सिँचाई क्षेत्रमा पनि राम्रो काम हुने विश्वास दिलाए ।

त्यस्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारे। सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् । उनले भने,‘एकै चरणमा निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाजीलेपनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसक्नुभएको छ, सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम छ, हामी पूर्ण तयारी अवस्थामा छौं।’ उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सरकार यसबारेमा गम्भिर भएर लागिपरिरहेको बताए ।

उनले एकै चरणमा निर्वाचन गराउँदा राम्रो हुने समेत बताए । उनले थपे,‘एकै चरणमा निर्वाचन गराउँदा कम खर्च हुन्छ, त्यसैले प्रधानमन्त्रीजीले निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको हो, यसबारेमा आयोगपनि सकारात्मक छ, अन्य पार्टीहरुसँगपनि सरसल्लाह गरेर एकै चरणमा निर्वाचन गराउनेगरि छिट्टै मिति घोषणा हुन्छ,  सोही अनुसार सरकार तयारी अवस्थामा छ, सरकारले चाह्यो भने किन नहुनु ? निर्वाचन एकै चरणमा गर्न संभव छ।’

त्यस्तै उनले राजपालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सरकारले ईमानदार प्रयास गरिरहेको जनाए । उनले भने,‘राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले पहल गरिरहेको छ, असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उहाँहरुलाई सहभागी गराउन हामी ईमानदार भएर लागिपरेका छौं।’ राजपाकै माँग बमोजिम सरकारले नीतिगत रुपमा संशोधन प्रस्ताव सदनमा पेश गरेको स्पष्ट पारे ।

मन्त्री गौतमले भने,‘हामीसँग संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई मत छैन, त्यसैले प्रस्ताव भोटिङमा गए यसको रिजल्टलाई सबैले स्विकार गर्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ