arrow

नेपाली सेनाकी सिपाही मृतावस्थामा फेला

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
nepal-army-logo.jpg.jpeg

बनेपा । नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् । 

काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । 

काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमान्सँग भिन्न भएर बस्दै आएको प्रहरीले जनाएको छ । 

शरीरमा कुनै चोटपटक देखिएको पनि छैन र गहना पनि लगाएको अवस्था छ प्रनाउ राईले भने । उनले शनिबार बिहानैदेखि उनी हराएको र बेलुका ५ बजे उनको शव फेला परेको उल्लेख गर्दै घटनाको अनुसन्धान भएपछि वास्तविकता खुल्ने बताए । 

उनी बिहीबार मामाघर आएकी थिइन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ