arrow

आन्दोलनमा आउनै छाडे आन्दोलनकारी

बुधवारदेखि नै एकजना आनदोलनकारी पनि धर्ना बसेनन्

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
Bara-KalaiyaTanab---Copy.jpg.jpeg
काठमाडौं । तराई मधेसमा लामो सयदेखि जारी आन्दोलन पछिल्लो समयमा शिथिल बन्दै गएको छ। रौतहटको सदरमुकाम गौरमा रहेको मुख्य भन्सारसँगै जोडिएको गौर–बैरगनिया नाकामा झण्डै चार महिनादेखि २४ सै घण्टा धर्ना बस्दै आएका मोर्चाका धर्नाकारी देखिन छाडेका छन्।
 
हजारौको संख्यामा धर्ना बस्दै आएको सो नाकामा बुधवारदेखि नै एकजना आनदोलनकारी पनि धर्ना बस्न आएका छैनन्। नाकामा आन्दोलनकारी बस्न छाडेपछि धर्ना बस्न बनाइएको टेण्टका सामान व्यवसायीहरुले निकालेर लगेको प्रत्यक्षदर्शीले बताएका छन्।
 
लामो समयदेखि जारी आन्दोलनमा आनदोलनकारी सबै काम छोडेर आन्दोलनमा होमिएका थिए। आन्दोलन गर्दागर्दै थाकिसकेका र अत्यधिक जाडो कारण धर्ना बस्न सक्ने स्थिति नभएपछि दुईदिनदेखि नाका खाली भएपछि त्रिपाल बाहेक अन्य सबै सामान व्यावसायिले निकाले लगेको गौर २ का प्रत्यक्षदर्शी बिक्रान्त बिक्रम नेपालले बताए।
 
आन्दोलनर मधेसी मोर्चाका नेता एवं सदभावना पार्टी पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले चिसो र आन्दोलन लम्बिएपछि आन्दोलनकारीको संख्या कम भएको बताए। 'सरकार मधेसीको माग सम्बोधन गर्ने भन्दा पनि आन्दोलन तुहाउने खेलमा लागेको छ,' उनले भने, 'तराइ मधेसमा महिनौदेखि उचाइमा पुगेको आन्दोलन सरकारले नै दवाउने षड्यन्त्र गरिरहेको छ।'
 
नागरिक दैनिकमा रौतहटबाट मदन ठाकुर लेख्छन् - मधेसी जनताको पिरमर्कालाई ध्यानमा राखेर आन्दोलनलाई केही समयका लागि खुकुलो बनाएको दाबी गर्दै यादवले आनदोलनको स्वरुपवारे मोर्चाको केन्द्रीय स्तरमा बैठक जारी रहेको र त्यो निर्णयको आधारमा आन्दोलनको राणनीति बताउने जनाए।
 
मध्य तराइका वीरगन्ज, बारा, रौतहट, र सर्लाही जिल्लाहरुमा विगतमा ठूला तथा साना विरोध प्रदर्शन हुँदै आएपनि झण्डै एक हप्तादेखि विरोध प्रदर्शनका सम्पुर्ण कार्यक्रमहरु बन्द भएका छन्। मोर्चाका क्रार्यक्रम बन्द भएको कारण यहाँका उद्योग, बजार, पसल पूर्ण रुपमा सुचारु भएका छन्।
 
नयाँ संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा होमिएका मधेसी मोर्चाको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै व्यवसायीले पसल बन्द गर्ने निर्णय गरेका थिए। महिनौदेखिको बन्दले व्यापार व्यावसाय चौपट भएपछि अहिले मोर्चाको आनदोलनलाई छाडेर निर्वाध रुपमा पसल संचालनमा आएका छन्। सार्वजनिक सेवाका यातायातका बसबाहेक साना दुरीमा चल्ने जिप, टेम्पो, रिक्शा र ट्रयाक्टर, निर्वाध रुपमा चल्न थालेका छन् । अस्तव्यत बनेको जनजीवन सामान्य बन्दै गएको छ ।
 
मध्य तराईका ग्रामीण भेगमा शान्तिपूर्ण माहोल बन्दै गएको छ। सर्वसाधारणको आन्दोलन रोकिएर शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशा बढेको मध्यमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मी ढकालले बताए। राजमार्गमा पूर्ण रुपमा यातायात सुचारु रहेको जानकारी दिँदै क्षत्रीय प्रशासक ढकालले तराई मधेसका जिल्लामा सवारी साधन चल्ने क्रम बढ्दो छ। राजमार्ग देखि दक्षिणी भेगमा सार्वजनिक यातायात र ढुवानीका ठूला सवारी साधन भने अझै संचालनमा आएका छैनन्। यातायात बाहेक अन्य क्षेत्रमा आन्दोलनको असर कम हुँदै गएको छ। बजारमा सर्वसाधारणको चाप बढ्नुका साथै सामानको आयात पनि बढेको ढकालले जनाए।
 
यस्तै वीरगञ्ज बजार एक सातादेखि निरन्तर रुपमा दिउँसो दुई बजेबाट खुल्ने गरेको छ। आन्दोलनरत मोर्चाका कार्यकर्ता र व्यवसायीबीच भएको आपसी सम्झौता पछि वीरगन्ज सहर खुल्न थालेको हो। दुई बजेसम्म बजार, पसल, बैङक तथा वित्तीय संस्थासमेत ठप्प पार्ने गरिएको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले बताए। लामो समयदेखि जारी आनदोलनको कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त बन्न थालेपछि दुई वजेदेखि बजार खोल्ने अनुमति दिएको यादवले जनाए।
 
मोर्चाले आन्दोलन खुकुलो बनाएपछि वीरगन्जमा सार्वजनिक हलुका सार्वजनिक सवारी साधन समेत चल्न थालेका छन्। वीरगञ्ज पथलैया चल्ने सिटिराईड बस, टेम्पो र वीरगञ्ज काठमाडौं चल्ने टाटासुमोसमेत वीरगञ्जबाटै छुट्ने गरेका छन्। यसैबीच वीरगञ्ज रक्सौल नाका १ सय ६ दिनदेखि ठप्प छ । आन्दोलनरत मधेसी दलका नेता कार्यकर्ताहरु वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेका कारण नाका ठप्प भएको हो।
 
नाका बन्द गर्न बसेका आन्दोलनकारीहरुले रक्सौलबाट नेपातर्फ समान ल्याउन नदिएपछि सामान ओसार्ने भारतीय र धर्नाकारीहरुबीच पटक पटक झडप हुने गरेको छ। नामा धर्ना बसेका आन्दोलनकारी र भारतको रक्सौल अहिरवाटोलका समान ओसार्नेहरुबीच झडप भएको थियो। झडपमा आन्दोलनकारीतर्फका ५ जना र समान ओसार्नेहरु तर्फ ३ जना गरी ८ जना घाइतेसमेत भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ