arrow

उपराष्ठ्रपतिको घरमा अज्ञात बन्दूकधारीको आक्रमण

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
atankakari.jpg

केन्या । केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा शनिबार अज्ञात बन्दूकधारी एक समूहले आक्रमण गरेको छ । 

कैन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका रैला ओडिङ्गोलाई पराजित गरेर निर्वाचित बनेका उहुरु केन्याटाको रोजाईमा उपराष्ट्रपति बनेका रूटोको घरमा बन्दूकधारीले आक्रमण गरेका हुन् ।

आक्रमण भएको वेला रुटो घरमा नभएको बताइएको छ ,आक्रमणबाट उच्च प्रहरी सामान्य सेवा इकाईका एक अधिकारी गम्भीर घाइते बनेका छन् । घटनामा सशस्त्र एक समूहले अकस्मात आक्रमण गरेको र जेएसयुका अधिकारीसँगबाट अत्याधुनिक हतियार खोसी अन्धाधुन्ध गोलीको जनाइएको छ।

सुरक्षाकर्मीका थप समूहलाई उपराष्ट्रपतिको नैरोवीबाट ३१२ किलोमिटर टाढा रहेको एल्डोरेट नजीकैको शहरमा अवस्थित घर बरपर पठाई आक्रमणकारीको खोजी भइरहेको छ । एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ