arrow

ओलीले सुनाए तिब्बतमा चिनियाँ नेतासँग भएका गफ

जिल्ला समन्वय परिषदका लागि प्रमुख–उपप्रमुखको टुंगो

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटीलाई तिब्बत भ्रमणको उपलब्धि सुनाएका छन् । आफ्नै निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूसँगको भेटघाट भएको सुनाए ।

भ्रमणमा ओलीले लामो समयदेखि नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराएको बताए ।

जवाफमा चिनियाँ पक्षले तातोपानी नाका खोल्न सकारात्मक रहेको बताएको ओलीले सुनाए । यस्तै, नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत अध्यक्ष ओलीले चिनियाँ प्रतिनिधिको ध्यानाकर्षण गराएको जानकारी दिए ।

जिल्ला समन्वय परिषदका लागि प्रमुख–उपप्रमुखको टुंगो
बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी दिने निर्णय गरेको हो ।
प्रमुख उपप्रमुखका उम्मेदवारको सूची
रामेछापः प्रमुख पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन
रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी
मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी
भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता  कुँवर
डोल्पा : प्रमुख शेरबहादुर बुढा,
सल्यान : उपप्रमुख कुलबहादुर गिरी
कालिकोट : प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य
जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही
हुम्ला : उपप्रमुख खगेन्द्र कार्की
सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल
मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल
खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री
इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली
बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी

काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने निर्णय भएको छ । यसको जिम्मा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यलाई दिइएको छ ।
कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरे प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्नेछन् ।

थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक सोमबार फेरि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ