arrow

अब नेपाली साहित्य मोबाइल एपमा

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
books.JPG

 काठमाडौं ।  अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तकाकर दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ। नेपाली साहित्य र पाठकको विश्वव्एपी संजाल निर्माण गरिरहेको मोबाइल एप  ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछी पुस्तक लेखकहरूलाई आफ्नो सृजना पाठक सम्म पुर्‍याउन र त्यसबाट आर्थिक लाभ लिन सजिलो हुने भएको हो।

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवाहरूको समुहले तयार पारेको किताब छाप्ने, बेच्ने अनि पढ्ने ‘प्लेटफर्म एप’ले अब किताबको अंग पुगेका सृजनाहरूलाई सर्जकबाट सिधै पाठकमा पुर्‍याउनुका साथै नेपाली साहित्य र पुस्तक बजारलाई अन्तर्राष्ट्रियकरण गर्न लेखकहरूलाई सघाउने छ। यो एप मार्फत किताब बिक्रीबाट उठेको रकम केही प्राविधिक खर्च कटाएर सबै लेखकको हातमा पुग्नेछ। यसबारेमा लेखकसँग विस्तृतमा सेवा, सर्त सम्बन्धी सम्झौता हुने भोजराज तिवारीले बताए।

 तिवारीका अनुसार यसखालको प्रकाशनका लागी एपका एडमिनिस्ट्रेटर तथा प्रोग्रमर मदनमणि अधिकारी सहितको टीम नै समर्पित भएर लागिरहेको छ। लेखकहरूमा हुने पाईरेसी वा प्रतिलिपी अधिकार सम्बन्धी चासोलाई सम्बोधन गर्न एपले किताबहरू ‘कपी’ नहुने प्रविधी अपनाएको छ। विश्वका फरक फरक देशमा बस्ने नेपालीले एकै समयमा ‘रिलिज’ भएका किताबहरू पढ्न सकुन भन्ने हिसाबमा सुरू गरिएको एपले पुस्तक प्रकाशक तथा लेखकको प्रतिलिपि अधिकार साथै कन्टेन्टको सुरक्षाका लागि सर्वस्वीकार्य प्रविधी र शैली प्रयोग गरेको एपका एडमिनिस्ट्रेटर तथा प्रोग्रमर मदनमणि अधिकारीले बताए। ‘हामी पाठकको अध्ययन अनुभवलाई अझ सहयोगी र सरल बनाउन लागि रहेका छौं’ अधिकारीले भने।

‘किताब क्लब’ एप अहिले एण्ड्रोइड र आईओएस दुवै खालको अपरेटिङ सिस्टम भएका मोबाईल तथा ट्याब्लेटका लागि उपलब्ध छ। एपमा  खाता खोलेर पाठकले एण्ड्रोइड मोबाईलमा एडोब डिजिटल एडिसन र आईफोनमा ब्लुफायर रिडर मार्फत नेपाली किताबहरू अफलाईनमा पनि पढ्न सक्छन्। एप मार्फत किनिने किताबहरूको मूल्य पनि नेपाली पाठक र उनीहरू बसेको ठाउँ हेरेर सस्तो रहेको किताब क्लबको दाबी छ।  

यसखालको प्रकाशन शैलीले नेपालमा प्रकाशन भएका पुस्तकहरू भौगोलिक कारणले पाठकहरू सम्म पुग्नै नसक्ने वा धेरै समय बितेपछि मात्र पाठकको हातमा पर्ने समस्या समाधान हुने ‘किताब क्लब’को विश्वास छ। ‘कतिपय किताब पढ्न रूचि भएका यूरोप, अमेरिका, अष्ट्रेलिया तथा मध्यपूर्वका देशका नेपालीहरूले पढ्ने जाँगर नै मर्ने समय सम्म पनि किताब हातमा नपर्ने अवस्थाको अन्त्य गर्नमा ‘किताब क्लब’ले भूमिका खेल्ने तिवारी बताउँछन्।

अब लेखकहरूबाट नै पुस्तक लिएर डिजिटल प्रकाशन गर्ने भएपछी विश्वभर छरिएका नेपालीलाई किताब पढ्न सस्तो समेत पर्नेछ। उनले भने, यसले विदेशमा बस्नेहरूलाई लेख्न पनि प्रेरित गर्ने ‘किताब क्लब’को आशा छ। डिजिटल प्रकाशन गरिने किताबहरूको आईएसबीएन दर्ता र धेरै रूचाइएका किताबहरूलाई परम्परागत कागजी प्रकाशनमा समेत लैजाने ‘किताब क्लब’को योजना छ।  


यतिखेर एपमा नेपालको राजनीति, इतिहास देखी प्रसिद्ध व्यक्तिहरूका अनुभव अनुभूती समेटेका पुस्तकहरू छन्। केही साहित्य र राजनीतिका पुस्तक निशुल्क अध्ययनका लागि समेत उपलब्ध छन्।

किताब एप एण्ड्रोइड मोबाइका लागि यहाँबाट (https://play.google.com/store/apps/details?id=com.exolutus.kitabclub) डाउनलोड गर्न सकिन्छ भने आईफोनमा डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुपर्छ (https://itunes.apple.com/app/kitabclub/id1176480634?mt=8)।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ