arrow

दिल्लीबाट के ल्याए पौडेलले

नेपालको कठिनाइबारे भारत जानकार

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
ramchandra-paudel__426263120_816858152.jpg.jpeg
काठमाडौँ । भारतको दिल्लीमा विभिन्न दलका वरिष्ठ नेता एवम् मन्त्रीसँगको भेटवार्तापछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल गएराति स्वदेश फर्किएका छन् । 
 
ती भेटवार्तामा उपसभापति पौडेलले दुई देशबीचको सहज सम्बन्धमा पछिल्लो समयमा देखिएको कठिनाइ र नेपालीले भोगिरहेको समस्याबारे अवगत गराई आपूर्ति व्यवस्थालाई सहज तुल्याई समस्याको छिटो निकास दिनुपर्नेमा जोड दिएका थिए । 
सामानहरु सहज आपूर्ति हुन नसक्दा नेपालमा देखिएको कठिनाइबारे भारत जानकार रहेको र त्यसलाई समाधान गर्न आफूहरु क्रियाशील रहेको भनाइ भारतीय पक्षले उपसभापति पौडेलसमक्ष राखेका थिए । 
 
“मैले समस्याको छिटो निकास खोज्न र असहज आपूर्तिलाई छिटो सहज बनाउन भारतले तदारुकता देखाउन भने, घरभित्रको समस्या हामी आपसी संवाद, सहमति र छलफलबाट टुङ्ग्याउन क्रियाशील छौँ,” उपसभापति पौडेलले स्वदेश फर्केपछि भने । 
 
आफूले भेटेका भारतका सबै पार्टीका नेताको नेपालप्रति सद्भाव र सहानुभूति पाएको तथा अहिलेको अवस्थालाई धेरै लम्ब्याउन नहुने धारणा राखेको पाएको समेत उपसभापति पौडेलले बताए । 
 
बिहीबार काँग्रेस आईका नेता डा करण सिंहसँग भएको भेटमा नेता सिंहले नेपालमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्याको छिटो निकास खोज्नुपर्नेमा जोड दिएका थिए । उपसभापति पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुसहित विभिन्न पार्टीका नेतासँग भेटवार्ता गरेका थिए। 
 
दिल्ली यात्राको पहिलो दिन उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, नेपालका लागि पूर्वभारतीय राजदूतहरु, नेपाल जानकार सांसद डिपी त्रिपाठीलाई भेटेका थिए । यसअघि हरिद्वारमा आयोजित पतञ्जली योगपीठको कार्यक्रममा उपसभापति पौडेल सहभागी हुनुभका थिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ