arrow

सरकार गोप्य रुपमा राजपाका माग पूर्ति गर्दै, लुकाएर ९ जना शहीद घोषणा

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
deuba-cabinet.jpg

काठमाडौँ । सरकारले राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई चुनावमा सहभागि गराउनका सरकारले गोप्य रुपमा निर्णय गर्न थालेको छ । साउन १२ गतको  मन्त्रिपरिषद बैठकले नौजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । राजपाले शहीद घोषणा गर्न बाँकी रहेका १२ जनाको नाम र विवरण बुझाएको थियो । जस मध्ये नौजनालाई शहीद घोषणा गरिएको छ ।

बाँकी तीन जनाका विषयमा गृहमन्त्रालयले कानुनी प्रक्रिया अनुसार छानविन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
यस्तै, सरकारले आन्दोलनका क्रममा पक्राउ परेकाहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता, पक्राउ परेकाहरुलाई रिहा, शहीद घोषणा लगायतका काम अघि बढाएको छ ।

भाइते भएका तीन जनाले सरकारबाट उपचार खर्च पाएकामा घाउ निको नभएपछि मृत्यु भएको थियो । उनीहरुलाई पनि राजपाले शहीद घोषणाका लागि सिफारिस गरेको हो । यसबारे जिल्ला प्रशासन कार्यालयले छानविन गरिरहेको छ । नौजनालाई शहीद  घोषणा गरेको निर्णय भने सरकारले बाहिर सुनाएन ।

चुनावको मुखमा शहीद घोषणा, मुद्दा फिर्तालगायतका काम गर्दा चुनावलाई प्रभाव पार्न खोजेको भन्दै विरोध हुने डरले सरकारले राजपाको माग सम्बोधन गर्न गरेका निर्णय लुकाउन खोजिरहेको बताइँदै छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चौतफी विरोध भएको थियो । टिकापुर र सप्तरी घटनाका दोषीलाई समेत उन्मुक्ति दिन खोजेको भन्दै सरकारको कडा आलोचना भएको हो ।

सरकार र राजपा नेपालबीच साउन ४ गते बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्बाट पूरा हुने सम्पूर्ण माग तीन दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । भनेको समयभित्र माग पूरा नभएपनि काम सुरु भएको प्रधानमन्त्रीका सहयोगिले बताएका छन् ।

मधेश आन्दोलनका क्रममा करिब दुई सय आन्दोलनकारीमाथि मुद्दा लागेको थियो ।  जसमध्ये १३० मुद्दाको टुङ्गो लागेको छ । महान्याधिवक्ताको कार्यालयले अहिले १५ जिल्लामा ६६ जनामाथि मुद्दा चलिरहेको जसमध्ये ३५ जना अदालतमा हाजिर भएकार छन् भने ३१ जना फरार रहेका जनाएको छ । राजपाका नेताहरुले आफुहरुको स्थानीय तह उम्मेदवारहरु जति सबैलाई बन्दी बनाइएको भन्दै मुद्र्दा फिर्ता तत्काल हुनुपर्ने बताउँदै आएका छन् । यसअघि संविधान संशाेधनलाई चुनावकाे शर्त बनाएकाे राजपाले पछिल्लाे समय मन्त्रिपरिषदबाट हुने कामहरु भए चुनावमा अाउने संकेत दिएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ