arrow

अशान्त जनकपुरमा भाटे जुलुस

आन्दोनल आन्तरिक झगडाले डढेर सकिंदै

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
Jankpur-Fnl.jpg.jpeg
जनकपुर। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा आन्दोलन सशक्त बनाएका छन्। विहिबार मोर्चाका नेताको मोटरसाइकलमा भएको आगजनी र कुटपीटको विरोधमा मोर्चाकार्यकर्ताले शुक्रबार कडाई गरेका हुन् । मोर्चाका कार्यकर्ता लाठी र भाटा बोकेर उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय र शैक्षिक संस्था बन्द गराउँदै हिडेका छन् । विद्यालयमा शुक्रबार हुने भनिएको परिक्षा समेत स्थगित भएको छ।
 
जनकपुरको जानकी मन्दिर वरपरका पसलहरु केही दिन देखि खुल्न थालेकामा विहिबार दिउँसो मोर्चा कार्यकर्ताले मन्दिर नजिकैको एउटा रेडिमेट पसलमा तोडफोड गरेपछि आन्दोलनले उग्र रुप लिएको हो । लाठी र भाटा बोकेर बन्द गराउँदै हिंडेका मोर्चा कार्यकर्ताले पसल फोेडेको थाह पाएपछि व्यवसाय सन्चालनबारे छलफल गर्न बसेका व्यापारीहरु ओक्रोशित हुँदै बाहिर आउँदा बाटोमा मोर्चा कार्यकर्तासंग झडप समेत भयो । झडपमा मोर्चाका कार्यकताले आफुहरुलाई व्यापारीले कुटपीट गरेको आरोप लगाएका छन् । आन्दोलनमा घुसपैठ भएको भन्दै मोर्चा कार्यकर्ता आक्रोशित भएका छन् । 
 
पसल फोडेको झोंकमा विहिबार व्यापारीले आक्रोशमा सद्भावना जिल्ला अध्यक्ष संजय सिंह र तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलको मोटरसाइकलमा आगजनी गरिदिएका थिए । आगजनी गरेका मोटरसाइकल काम नलाग्ने गरी ध्वस्त भए । मोर्चा र स्थानीयबीचनै तनाव हुन थालेपछि आन्दोलन आन्तरिक झगडाले डढेर कमजोर हुन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ