arrow

काठमाडौंमै अपहरणको तीन दिनपछि बालकको सकुशल उद्धार

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
apaharan1.jpg

काठमाडौं । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार बिहान काँडाघारीबाट उद्धार गरेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

उनले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ । यही साउन १४ गते सो विद्यालयबाट घर फर्कने समयमा ती विद्यार्थी अपहरणमा परेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ