arrow

ट्रम्पको ट्वीटमा ग्लोबल टाइम्सको यस्तो उत्तर

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
trump-xi-jinping1.jpg

एजेन्सी । चिनियाँ सञ्चारमाध्यमको निशानामा भारतपछि अमेरिका परेको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि आफ्नो निशाना साधेको हो ।  ट्रम्पको ट्वीटमा ग्लोबल टाइम्सले यो  मामिला ट्रम्पको ट्वीटले नसुल्झने लेखेको छ । साथै ग्लोबल टाइम्सले पत्रिकामा चीन आफ्नो राष्ट्रिय सुरक्षा हेर्ने भएकाले अमेरिकाको सुरक्षा नगर्ने बताएको छ ।

ग्लोबल टाइम्सले राष्ट्रपति ट्रम्पको सो ट्वीटबाट उनको सोच कस्तो छ त्यसको पुष्टि गरेको बताएको छ । पत्रिकाले बेजिङले उत्तर  कोरिया बिरुद्ध यूएन सिक्योरिटी काउन्सिल रिसोल्यूशन लागु गरेको बताएको छ । चीनले उत्तर कोरियामा कोल एक्स्पोर्ट मा जरूरत भन्दा ज्यादा प्रतिबन्ध लगाएको पनि जनाएको छ । अमेरिकि प्रतिबन्धले गर्दा दुई मित्र राष्ट्रको सम्बन्ध प्रभावित भएको पत्रिकाले लेखेको छ।


उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट  गर्दै  चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको र कुनै कार्बाहीका लागि पनि तयार नभएको बताएका थिए।उनले आफ्नो ट्वीटर अकाउन्टमा उत्तर कोरियाको आतङ्कका बारेमा चीनले चासो नदिएको भन्दै यसले संसारलाई अफ्ठेरो पार्ने अवस्था आउदा पनि चीन नबोलेको लेखेका थिए ।

उत्तर कोरियाले यही जुलाइ महिनाको पहिलो हप्ता गरेको पछिल्लो शक्तिशाली परीक्षणपछि विश्वमा नयाँ तरङ्ग उत्पन्न भएको बताइएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले निकै टाढासम्म मार हान्न सक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ