arrow

गाँउपालिका अध्यक्षको प्रतिबद्धता : एक वर्ष भित्रमा सडक, विद्युत र खानेपानी

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन १६ सोमबार
kari_photo.jpg

पाल्पा । रैनादेवि छहरा गाँउपालिकाका अध्यक्ष राम बहादुर कार्कीले एक वर्ष भित्रमा तीन वटा विकास निर्माणका काम सम्पन्न गर्ने बताएका छन् । । रैनादेवि छहरा गाँउपालिका वडा नम्वर २ सोमादीमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रत्येक वडामा मोटरबाटो , विद्युत् र स्वच्छ खानेपानीको सुविधा पुर्‍याउने बताए ।

 विकासको मेरुदण्ड भनेको मोटरबाटो हो जहाँ मोटरबाटो हुन्छ त्यहाँ विकास सम्भव हुने कार्कीले बताए । अझै पनि यस क्षेत्रका जनताहरु वडा कार्यलय र गाँउपालिकामा सेवा लिन आउन कठिन छ , वडाका केही बस्तीहरुमा मोटरबाटो पुगेको छैन , जसरी मलाई विजय बनाउनुभयो  विजय भएको १ वर्षभित्रमा पत्येक टोलटोलमा मोटरबाटो पुर्‍याउने छु कार्यक्रमा बोल्दै कार्कीले भने। एकाईसौँ शताब्दीमा पनि यो गाँउपालिकाका जनता अन्धकारमा बस्न परेको छ ।

 सत्यवति, जुठापौवाका बालबालीकाहरु अझै टुकी बालेर पढ्न लेख्न बाध्य  छन् । यो समयमा पनि आफ्नो गाँउपालिकाका जनता अन्धकारमा बस्नु पर्दा आफु दुखित भएको कार्कीले बताए । कार्कीले जनताहरु यो एकाईसौँ शताब्दीमा आएर पनि अन्धकारमा बस्नु पर्ने बाध्यतालाई हटाई एक वर्ष भित्रमै प्रत्येक घरघरमा विजुली बत्ती बाल्ने प्रतिबद्धता ब्यक्क्त गरे।

प्राकृतिक रुपमा सम्पन्न भए पनि  गाँउपालिकामा स्वच्छ खानेपानीबाट यहाँका जनताहरु बञ्चित भएका छन् । स्वच्छ खानेपानी  ल्याउन घण्टौ हिड्नुपर्ने बाध्यतामा यहाँका जनता छन् । एक घर एक धारा पार्टीको घोषणा पत्र भएकाले त्यसैमा टेकेर एक वर्षमा प्रत्येक घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ