arrow

८३ प्रतिशत कर्मचारी निकाल्ने तयारीमा स्न्यापडेल

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
snapdeal-founder_15014987.jpg

एजेन्सी । ई-कमर्स कम्पनी स्न्यापडेल आफ्नो ८३ प्रतिशत कर्मचारी निकाल्ने तयारीमा रहेको बताइएको छ । कम्पनीले  आफ्नो १२ सय कर्मचारी मध्ये १ हजारलाई निकाल्न सक्नेछ ।सो कुराको जानकारी  कम्पनीका अधिकारीले समचार एजेन्सी  एएनआईलाई दिएका छन् ।

स्न्यापडेलले सोमवार ठुलो मात्रामा कर्मचारीलाई निकाल्ने खुलासा गरेको हो । कम्पनीको एजेण्डा ८० प्रतिशत भन्दा ज्यादा कर्मचारीलाई निकाल्नु रहेको छ ।  स्न्यापडेलका एक वरिष्‍ठ अधिकारीले व्यवस्थापनको तर्फबाट कडा अदेश  दिइएको बताएका छन् ।राख्ने कर्मचारीको नाम तयार गर्न सबै डिपार्टमेन्टमा पनि भनिएको छ ।

साथै स्न्यापडेल अब फ्लिपकार्टसँगको मर्जर डीलबाट पनि पछि हटेको अधिकारीले खुलासा गरे।  अब ‘फ्रीचार्ज’  विकेसँगै १ हजार कर्मचारीलाई निकाल्ने तयारी गरिरहेको छ । कम्पनि २ सय कर्मचारीसँग मिलेर काम गर्नेछ । स्न्यापडेलले ३ सय २५ करोड अमेरिकि डलरमा फ्रीचार्जलाई बेचेको थियो ।

अघिल्लो बर्षको जुलाईमा कम्पनीसँग ९ हजार भन्दा ज्यादा कर्मचारी थिए । सो समय कर्मचारीलाई जानकारी नै नदिइकन व्यवस्थापनले ८ हजार कर्मचारी निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ