arrow

मोनो रेलका कुरा गर्न शेरबहादुरकहाँ पुगे चिरिबाबु

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
chiribabu.JPG

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका पदाधिकारीले काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने महत्वाकांक्षी योजनाका सम्बन्धमा छलफल गरेका छन् ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको टोलीले उपत्यकामा आधुनिक र सहज यातायात पूर्वाधार निर्माण सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।

प्रधानमन्त्री कार्यालयमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले उपत्यकामा चरणबद्ध रुपमा भौतिक पूर्वाधार सुधारका कार्य हँुदै जाने र सरकारका तर्फबाट सक्दो सहयोग गरिने आश्वासन दिनुभएको प्रमुख चिरिबाबुले जानकारी दिए । भेटमा समसामयिक स्थानीय राजनीतिका बारेमा समेत कुराकानी भएको थियो ।

स्थानीय तहका नवनिर्वाचित पदाधिकारीले जनताले प्रत्यक्ष महसुस गर्ने गरी ठूला परियोजना सञ्चालनका लागि केन्द्र सरकारको सहयोगका लागि आग्रह गर्नुभएको थियो । उपत्यकामा मोनोरेल सञ्चालनका लागि करिब एक खर्ब १५ अर्ब रकम आवश्यक पर्ने बताइएको छ ।

उपत्यकामा मोनोरेल सञ्चालन सम्बन्धमा ललितपुर महानगरले नेतृत्व गरिरहेको छ । भेटमा पदाधिकारीले प्रधानमन्त्री देउवासँग व्यवस्थापिका–संसद्मा विचाराधीन स्थानीय शासन सञ्चालनसम्बन्धी विधेयक चाँडो पारित भए काम गर्न सहज हुने बताएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ