arrow

भगौडाले मच्चाए जनकपुर वितण्डा, दाई सांसद भएपछि विग्रिए हिरा.....

म कुनै दलको सदस्य छैन : साह

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
janakpur-julus.jpg.jpeg
धनुषा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना नेताका सवारी जलाउने व्यापारी कांग्रेस एमालेका एजेन्ट रहेको भन्दै आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् । उनीहरुले आन्दोलनमा भएको घुसपैठ विरुद्ध शुक्रबार पनि आन्दोलन चर्काएका छन् । मोर्चाका कार्यकर्ताले लाठी र भाटासहितको जुलुस निकालेर सबै क्षेत्र ठप्प पारेका छन् । खुला रहेका शैक्षिक संस्था समेत उनीहरुले पूर्ण रुपमा बन्द गराएका स्थानीय पत्रकार प्रविण साहले जानकारी दिए ।
 
अहिले विद्यालयमा त्रैमासिक परिक्षा चलिरहेको थियो । बन्दका कारण शुक्रबार हुनुपर्ने परिक्षा समेत स्थगित भएको छ । बिहान जनकचोकबाट निस्केको भाटे जुलुस शिवचोक, मेची मन्दिर र पुरानो बजार हुँदै जनकपुर चोकमा सभा गरेर सकियो । विहिबार दिउँसो जानकी मन्दिर नजिकैको एउटा पसलमा तोडफोठ गरेको झोँकमा व्यपारीहरुले मोर्चाका नेताको दुई मोटरसाइकलमा आगजनी गर्नुको साथै मोर्चाकार्यकर्तालाई लखेटेका थिए । घटनाको विरोधमा विहिबार साँझै मोर्चा कार्यकर्ताले जनपुर उद्योग वाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष विजयकुमार साह सहित सदस्य सन्तोषकुमार साह र आनन्द मिश्र सहित चार व्यवसायीको पसलमा ताला लगाएका थिए । ताला हाल सम्म खुलेको छैन । 
 
उद्योग वाणिज्यसंघभित्रै गद्दारी
जनकपुर उद्योग वाणिज्यसंघमा अहिले शिव संकर साह (हिरा) अध्यक्ष छन् । उनी पहिले कांग्रेस थिए भन्ने स्रोतले बतायो । पछि दाई दिनेश साह (तत्कालिन सभासद्) सांसद भएपछि उनले कांग्रेस त्यागे । दाई दिनेश साह राष्ट्रिय मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसद छन् । हिरा अहिले दाईकै पार्टीप्रति झुकाव राखिरहेका बताइएको छ । हिराले उद्योग व्यवसायीहरुलाई आन्दोलनमा सघाउन बारम्बार दबाब दिने र नमाने मोर्चा कार्यकर्तालाई रिपोर्टीङ्ग गरेर बबण्डर मच्चाउने गरेका स्रोतले जानकारी दियो ।
 
उद्योग वाणिज्यसंगमा अक्ष्यक्ष बाहेकका अन्य पदाधिकारी कांग्रेस एमाले समर्थित नै छन् । जसकारण उनले एमाले कांग्रेसनिकट पदाधिकारीलाई साइजमा ल्याउन विभिन्न प्रपोगाण्डा गर्दै आएका बताइन्छ । विहिबार समेत घटना वाणिज्यसंघभित्रकै दादागिरीले भएको व्यवसायीहरुले बताए । मोटरसाइकल जलाउने कार्यमा संलग्न रहेको भनिएका व्यवसायी एवं उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विजयकुमार साह एमाले निकट हुन् । आनन्द मिश्र कांग्रेस निकट मानिन्छन् । मोर्चा कार्यकर्ताले समेत पहिले उनीहरुकै पसलमा ताला लगाए । उद्योग वाणिज्य संघको इतिहास हेर्दा शिवको कार्यकाल अघि कांग्रेसनिकट व्यवसायी बाहेक अन्यले नेतृत्व गरेका थिएनन् । 
 
किन बबण्डर गर्नु भो ?
उद्योग व्यवसायीले आन्दोलनलाई समर्थन गरिरहेका छन् । मोर्चा र व्यापारीबीच कुनै विवाद छैन । आन्दोलनमा कांग्रेस–एमालेनिकट व्यवसायीले घुसपैठ गरेपछी मोर्चा कार्यकर्ताले कडाई गरेका हुन् । शिव संकर साह (हिरा)ले हाम्रा कुरासंग भने,‘कांग्रेस–एमालेका केही व्यापारीले समस्या निम्त्याएका हुन् । समन्वय गरेर व्यवसायीको पसलमा लागेको तालाबन्दी खुल्छ । तपाई कै पदाधिकारीलाई किन चार्ज गर्न लगाउनु भा ? बचाउ गर्दै हिराले भने,‘घुसपैठ विरुद्धको आक्रोस हो, ठूलो समस्या होइन, उहाँहरुले आगजनी गर्न हुँदैन थियो ।’ कांग्रेस छाडेर मधेस केन्द्रीत पार्टीमा लागेर दमनमा उत्रिएको भन्ने आरोप मात्र भएको भन्दै हिराले भने,‘ म अहिले सम्म कुनै पार्टीको सदस्य छैन ।’ धरोधर्म वाणिज्यसंघलाई दल मुक्त गराउने अभियानमा छु ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ