arrow

गर्विलो इतिहास, चुनौती र सम्भावनाबीच खेलकुद मन्त्री राजेन्द्रकुमार केसी

logo
दामोदर भट्टराई ‘बद्री’
प्रकाशित २०७४ साउन १७ मंगलबार
badri-bhattarai.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिनपछि आफ्नो मन्त्री परिषद विस्तार गरेका छन् । संविधान कार्यान्वयनका लागि अत्यावश्यक निर्वाचनहरु सम्पन्न गर्ने, भुकम्प र नाकाबन्दीको मारले पिडामा परेका जनताको स्तरउन्नती गर्ने महत्वपूर्ण मिसनका लागि सहयोगी यात्रीहरु तय भएसंगै स्वयम् प्रधानमन्त्री र मन्त्रीज्यूहरुको परीक्षाको सुइ चलेको छ । 

अस्तव्यस्त व्युरोक्रेसी, राजनैतिक कारण नैतिक रुपमा खस्केको पदिय मर्यादा र समृद्धि पथमा मात्र लाग्ने स्वार्थी प्रबृतिका वीचमा कुन मन्त्रालय कसरी चल्ला भनेर अनुमान लगाउन सजिलो छैन । कम समय सिमा भित्र नितिगत निर्णय सहित संघिय संरचनामा आफ्नो मन्त्रालयको भुमिकालाई चुस्तदुरुस्त बनाई भविष्यको आधार समेत तय गर्नु पर्ने चुनौती सबैलाई रहेको छ । 

चुनौती र सम्भावनको विचमा केहि गर्न सक्ने र गर्नु नै पर्ने मन्त्रालयका रुपमा युवा तथा खेलकुद मन्त्रालय रहेको छ । सिद्धान्तगत रुपमा सबैभन्दा शक्तिशाली मन्त्री र मन्त्रालयका रुपमा युवा तथा खेलकुद मन्त्रालय हुनुपर्ने हो यद्यपी त्यो व्यवहारमा भने अत्यन्त न्युन रहेको छ ।

कम बजेट, अधिक राजनीति, भ्रष्टाचारमा लिप्त खेलकुद, मेनपावरको रुपमा फष्टाएको खेल संघहरु र पार्टीगत भागबण्डामा चलेको कर्मचारीतन्त्रका विचमा राष्ट्रियता, अनुशासन र पहिचान हराएको मन्त्रालय हो खेलकुद मन्त्रालय । 

उसो त युवा र राष्ट्रियताको जग बोकेको मन्त्रालय पनि यहि एउटा मात्र हो । विश्व मानचित्रमा नेपालको पहिचानलाई स्थापित गराउने नेपाली विभुतीहरु, सास्कृति र प्राकृतिक सम्पदा बाहेक खेलकुद मात्र त्यस्तो क्षेत्र हो जसले राष्ट्रलाई नेतृत्व गरिरहेको हुन्छ । 

पछिल्लो समय नेपाली खेलकुद जिर्ण अवस्थामा छ । करोडांै भ्रष्टाचारका विषयहरु देखी राजनैतिक तिलस्मी खजना बनेको छ खेलकुद । युवा को नाममा राजनैतिक भर्ति केन्द्र सावित भएको छ । हरेक घटना राजनैतिक पूर्वाग्रहमा घटाइने र न्यायाका लागि अदालत र अख्तियार धाउने नियति नेपाली खेलकुदमा हेर्न लायकका दृष्यहरु बनेका छन् ।
 
तमाम समस्या र चुनौतीको घेरमा नेपाली काँग्रेसले १८ वर्षपछि खेलकुदको नेतृत्व गर्न लागेको छ । नेतृत्वकर्ताका रुपमा मन्त्री राजेन्द्रकुमार केसी (राजन केसी) अगाडी आएका छन् ।  दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारी मतान्तरले पराजित गरेर चर्चा कमाएका केसी अबको परीक्षमा के हुनेछ यो चासोको विषय बनिरहेको छ । स्पष्ट वकालत गर्न सक्ने र कर्मशिल स्वभावका केसीले चुनौती पार गर्न सक्लान् ? यो प्रश्न को जवाफ समयले दिने छ । 

नेपाली खेलकुदको क्षेत्रमा काँग्रेसको नेतृत्वलाई सर्वाधिक सफल नेतृत्वको रुपमा स्विकार गरिएको छ । पछिल्लो १८ वर्षको अवस्थालाई चिरेर काँग्रेस नै खेलक्ुदका लागि आवश्यक पार्टी हो भनेर प्रमाणित गर्ने अवसर केसीलाई रहेको छ । 

सन् १९९९ मा प्रधानमन्त्री कृष्णप्रसाद भटराई, खेलकुद मन्त्री शरदसिंह भण्डारीको कार्यकालमा नेपालले आयोजना गरेको ८ औं साफ प्रतियोगीता र उक्त प्रतियोगीतामा प्राप्त गरेको सफलता नेपालको खेलकुद इतिहासको सर्वाधिक सफल प्रतियोगीता हो । उक्त प्रतियोगीता पश्चात् खस्कदै गएको नेपाली खेलकुद पछिल्लो वर्षसम्म आइपुग्दा अझै तल्लो तहमा पुगेको छ । 

२ वर्ष पछिको १३ औं साग , खेलसंघहरुको अवस्था, भौतीक निर्माणको अवस्था  र नितिगत सुधार सहित संघिय संरचनाको खेलकुद उदारहणका रुपमा पेश गरेर सम्मानीय प्रधानमन्त्री किसुनजीको निरन्तरता , वीपीको समाजवादमा देखिएको राष्ट्रियताको जग, काठमाडौंको रैथानेका रुपमा गणेशमान सिंह झै नेतृत्व र खेलकुदमा भएको छ । 

छद्मभेषीतालाई गिरिजाप्रसाद कोइरालाले झै ब्रेक गरेर नेपालमा खेलकुद र युवाको क्षेत्रमा उदाहरणीय कार्य गरेर देखाउन सक्नु वर्तमान खेलकुद मन्त्रीको चुनौती र अवसर हो । किनकी १८ वर्षपछि त्यो पार्टीले खेलकुदको नेतृत्व गर्न लागेको छ । 

एउटा खेलाडी, प्रशिक्षक, खेलकर्मी र व्यवसायीक साझेदारीता गर्नेले कुन पार्टीको भनेर त्यतिबेला सम्म हेर्दन जतिबेला सम्म उसले पार्टीगत राजनीति गर्दैन । केबल खेलकुदको पक्षमा काम गर्दछ ।

अहिले खेलकुदमा को कहाँबाट आयो भन्ने कुराले असर गर्दैन । के के काम मा कस्तो नजिता दिन सक्छ । यो महत्वपूर्ण विषय बनेको छ  । यो अवसर र चुनौतीलाई केसीले पार गरुन् । (लेखक जिल्ला खेलकुद विकास समिति काठमाडौंका उपाध्यक्ष हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ