arrow

डोल्पा जिससमा सम्पूर्ण पदाधिकारी निर्विरोध, एमालेको बहुमत

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
dolpa-district.png

दुनै । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । 

जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वाचित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय समिति सबै निर्वाचनअगावै निर्विरोध निर्वाचित भइसकेकाले २० साउनमा डोल्पामा निर्वाचन नहुने नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले जानकारी दिए । 

शाहीका अनुसार निर्वाचित हुनेमा एमालेको तर्फबाट संयोजकमा काइके गाउँपालिकाका शेरबहादुर बुढा, उपसंयोजकमा ठूलीभेरी नगरपालिकाका एमालेकै नरबहादुर बुढा, सदस्यहरुमा ठूलीभेरी नगरपालिकाबाट एमालेकै क्रमशः रामप्रसाद महत, देवालक्ष्मी रोकाय, प्रेमलाल विक, एमालेबाटै त्रिपुरासुन्दरी नगरपालिकाबाट देवी घर्ती, एमालेबाटै मुड्केचुला गाउँपालिकाबाट माया ठकुल्ला, एमालेकै काइके गाउँपालिकाबाट मैन ठकुल्ला र सोही गाउँपालिकाबाट राप्रपाका चन्द्र बुढा रहेका छन् । 

निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई सोमबार सदरमुकाम दुनैमा आ–आफ्ना पार्टीका प्रतिनिधि तथा शुभचिन्तकले बाजागाजासहित भव्य स्वागत गरेका थिए । 

भौगोलिक विकटताले सदरमुकामसम्म आउन समय अभाव भएकाले उपल्लो डोल्पाका डोल्पो बुद्ध, छार्का ताङ्सोङ, शे–फोक्सुन्डो तथा तल्लो डोल्पाको जगदुल्ला गाउँपालिकाका प्रतिनिधिहरुलाई जिससमा समावेश गर्न नसकिएको केन्द्रीय सदस्य शाहीले जानकारी दिए । 

सोमबार मात्रै सदरमुकाम दुनैमा आयोजित विशेष कार्यक्रमका बीच स्वतन्त्रबाट निर्वाचित भएका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष पेम्बा गुुरुङ एमालेमा प्रवेश गरेको शाहीले बताए । 

डोल्पाका आठवटै स्थानीय तहमा एमालेबाट प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिहरुको बहुमत रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ