arrow

भरतपुर १९ मा शुक्रबार मतदान, चुनावी चहलपहल बढ्यो

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
Renu-Dahal_devi_Gyawali.jpg

चितवन । भरतपुर महानगरको १९ नम्बर वडामा आउँदो २० गते शुक्रबार मतदान हुने भएको छ । भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृतले डाकेको सर्वदलीय बैठकपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो ।

मतदान केन्द्रको व्यवस्थापन मिलाउने काम भइसकेको र भोलिबाट मौन अवधि सुरु हुने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताएका छन् । यो संगै नतिजाविहिन भएको भरतपुर महानगरको मत परिणाम अबको केही दिनभित्रै आउने पक्का भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यायलले सबै तयारी पूरा भइसकेको जनाएको छ । गएको जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि रोकिएको चितवनको भरतपुर महानगरपालिका १९ मा फेरि मतदान हुन लागेको हो । सर्वाेच्च अदालतले निर्वाचन आयोगले पुनः मतदान गर्न भनि गरेको निर्णय सदर गरेसँगै भरतपुर १९ मा चुनावी चहलपहल बढेको छ ।

निर्वाचन आयोगले मतगणनास्थल कब्जा भएको भन्ने छानविन समितिको प्रतिवेदनका आधारमा भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय रद्द गर्न र मतगणना नियमित गर्न भन्दै एमालेबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा रिट हालेका थिए । रिट ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले खारेज गरिदियो । साथै सर्वोच्चले अब निर्वाचन गराउँदा र मतगणना गर्दा सुरक्षा व्यवस्था चुस्त पार्न भन्दै निर्देशनात्मक आदेश समेत दिएको छ ।

भरतपुर महानगरमा अब १९ नम्बर र २० नम्बर वडाको मात्रै मतपरिणाम आउन बाँकी छ । माओवादी केन्द्रबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली भरतपुर महानगर प्रमुखको चुनावी दौडमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ