arrow

बागलुङका युवाको सहयोग ‘महावीरलाई हाम्रो साथ’

logo
नारायण रिजाल,
प्रकाशित २०७४ साउन १७ मंगलबार
Press_meeet_mahabir_pun.jpg

बागलुङ । म्यागासेसे पुरस्कार विजेता महावीर पुनले सुरुवात गरेको राष्ट्रिय आविस्कार केन्द्र निर्माणको अभियानमा बागलुङका युवाहरुले समेत साथ दिएका छन् । जिल्लाका जागरुक युवाहरुको समूहले ‘महावीरलाई हाम्रो साथ’ अभियान सञ्चालन गरेर आविस्कार केन्द्रका लागि सहयोग संकलन गरिरहेका छन् ।

अहिले सम्म स्वतस्फुर्त रुपमा युवाहरुले ६० हजार भन्दा बढी सहयोग जुटाएका छन अभियान सञ्चालन गरिरहेको समूहले पत्रकार भेटघाट कार्यक्रम गरी महाविर पुनको थालेको राष्ट्रिय आविष्कार केन्द्र निर्माणको महाअभियानमा सहयोग पुर्‍याउन सबैसँग अपिल गरेका छन ।
 
एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई हाम्रो साथ अभियानमा उत्साहजनक सहभागिता रहेको अभियानका संयोजक सोम शर्माले बताए । ’हामीले सञ्चालन गरेको अभियानमा उत्साह जनक सहभागिता देखिएको छ, अहिलेसम्म ६० हजार जति जम्मा भएको छ,’ उनले भने,‘स्वयंसेवी अभियान हो। अझ केही समय सहयोग संकलनका लागि हामी निरन्तर लागिरहने छौ ।’

संकलित रकम इमेज सहकारीको ‘महावीरलाई हाम्रो साथ’ नामक खातामा जम्मा गरिएको केही समयपछि एक मुष्ठ हस्तान्तरण गर्ने शर्माले बताए । ‘नेपालमा राष्ट्रिय आविस्कार केन्द्र बन्नु सम्पूर्ण नेपालीको लागि निकै गौरवको भएकोले ‘हाम्रो लागि निर्माण हुने प्रविधिमा हाम्रो पनि स्वयंसेवी लगानी परोस् भन्ने युवाहरुको चाहना रहेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ