arrow

चीनमा हुने अन्तर्राष्ट्रिय प्राविधिक मेला र रोबोटिक प्रतियोगितामा चार युवाले भाग लिँदै

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
robot-boys.jpg

काठमाडौं । चीनमा हुने अन्तर्राष्ट्रिय प्राविधिक मेला र रोबोटिक प्रतियोगितामा चार युवाले भाग लिँदैछन् । निर्मल कुइकेल, ई शशांक श्री न्यौपाने, राजेन्द्र कुमार केसी, आनन्द श्री न्यौपाने र निर्मल ढकालले उक्त प्रतियोगितामा भाग लिन लागेका हुन् । 

नेपाललाई पहिला पनि अमेरिकामा विश्व सामु नेपाललाई रोबोट प्रतियोगितामा दोश्रो बनाएका ई शशांक श्री न्यौपाने र टिमलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शुभकामनासहित बिदाई गरे । 

रोबोट च्यालेन्ज २०१७ यसपटक चीन सरकारले युरोपको अस्ट्रियामा हुने गरेको प्रतियोगिता चीनमा गराउन आँटेको हो । सहभागिको सम्पुर्ण खर्च चीन सरकार र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजिले बेहोर्ने छ।

नेपाली टोलीले कार्यक्रम सकेर जितको ट्रफि ल्याउने कुरामा यश पटक आशा गरिएको छ ।

साउन २० गतेदेखि २२ गतेसम्म प्रतियोगिता चीनको बेइजिङमा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ