arrow

पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु ‘प्यारो माइती’ तीज गीत लिएर बजारमा 

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
anita-bindu.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु तीज गीत लिएर नेपाली सांगीतिक बजारमा आएकी छिन् । लोकनाथ सापकोटाको शब्द तथा लय शंकलन रहेको गीत ‘प्यारो माइती.....’ मा अनिताले स्वर भरेकी हुन् । 

उनको यो पाचौँ तीज गीत हो । तीजको मर्म र परम्परा अनुसार नै चेली र माइतीको विषय नै आफ्नो गीतले उठाएको उनले बताइन् । 

पछिल्ला केही वर्ष यता तीज गीत विकृत बन्दै गएको उनको टिप्पणी छ ।  तीजलाई व्यवसायिकता भन्दा पनि पर्व अनुसारको मौलिकतामा ध्यान दिनुपर्ने उनको जोड छ । 

अञ्जली अधिकारी लगायतले अभिनय गरेको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । 

पत्रकार महासंघको अध्यक्षमा दावेदारी दिने तयारी गरेकी अनिता बिन्दुले तीज गीतमार्फत पत्रकारलाई कत्तिको फकाउने हुन् त्यो भने भोलिका दिनले देखाउने नै छ । 

https://www.youtube.com/watch?v=4t-ZMSAjTIo



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ