arrow

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन १८ बुधबार
prisoner-jail.jpg

पाँचथर । आफनै साथीमाथि मारतोल प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का फरार एक ब्यक्तिलाई प्रहरीले दश महिना पछि पक्राउ गर्न सफल भएको छ ।

गत बर्षको असोज २२ गते राती मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ बस्ने हर्क बहादुर थक्लुलाई मारतोल प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका सोही ठाउँ वस्ने मनिन्द्र थक्लुलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका थक्लुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले विशेष सुराकीको आधारमा घरबाटै पक्राउ गर्न सफल भएको छ । उनलाई अहिले जिल्ला अदालत पाँचथरबाट ज्यान मार्ने उधोग अन्तर्गतको मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भैइरहेको प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ