arrow

राष्ट्रपतिदेखि सबै पदमा प्रतिष्पर्धा गर्ने काँग्रेसको निर्णय

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
718437391.jpeg
काठमाडौं । नेपाली काँग्रेसको बुधबार बसेको पदाधिकारीको बैठकले राष्ट्रपतिदेखि सबै पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ । राष्ट्रपतिदेखि अन्य सबै पदमा कसालई राख्ने सत्तासिन दलहरुबीच छलफल भईरहेको बेला संसदको ठूलो पार्टीका रुपमा रहेको काँग्रेसले यस्तो निर्णय गरेको हो ।

केही दिन अघिको प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला पराजित भएपछि काँग्रेस भित्र व्यापक आलोचना भएको थियो । यसै सेरोफेरोमा बुधबार बसेको पदाधिकारीको बैठकले सबै पदमा आफ्ना सांसद सदस्यलाई उठाउने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ