arrow

वालिङमा ६ जनामा स्वाईन फ्लु भेटियो

स्वाईन फ्लुको प्रकोपले वालिङ त्रासमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन १८ बुधबार
syangja-flue.png

स्याङ्जा ।स्याङजाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको रगत र खकार परिक्षण गर्दा ६ जनामा स्वाईन फ्लु भेटिएको छ । गत शनिवार केन्द्रमा स्वास्थ्य परिक्षणका लागि आएका २० जना शंकास्पद विरामीको रगत र खकारको नमुना लिईएको थियो । उनीहरुको काठमाण्डौमा परिक्षण गर्दा ५ जनामा ईनफ्लुएन्जा ‘ए’  र एक जनामा ईनफ्लुएन्जा ‘बी’ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका जनस्वास्थ्य अधिकृत यमप्रसाद शर्माले जानकारी दिए ।

 यसअघि एक जना वालिङका विरामीको काठमाण्डौमा उपचारका क्रममा स्वाईनफ्लुका कारण निधन भईसकेको छ । स्वास्थ्य केन्द्रले रिपोर्टमा स्वाईनफ्लु पोजेटिभ देखिएका विरामीलाई सम्पर्क गरी थप उपचारको व्यवस्था मिलाएको जनाएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वाईनफ्लु भएका विरामीको नाम भने गोप्य राखिएको छ । अर्को तर्फ वालिङमा स्वाईनफ्लु भएका विरामीलाई दिईने ‘ओसेल्टामाभिर’ नामक औषधीको समेत अभाव हुन थालेको स्वास्थ्यकर्मीहरुले वताएका छन् ।

पछिल्लो केही दिनमा वालिङ अवस्था सामान्य वन्दै गएको थियो रुघाखोकी तथा ज्वरोका विरामी केही घटेका थिए तर रिपोर्टमा स्वाईनफ्लु पोजेटिभ आए पछि वालिङमा त्रास वढेको छ । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको आकस्मीक वैठक वसेर आफूहरुलाई सुरक्षित पारिदिन भ्याक्सिन लगायतका सामाग्री तथा औषधी उपलव्ध गराईदिन स्वास्थ्य विभागलाई आग्रह गरेको केन्द्रका सुचना अधिकारी सिनियर अहेव—अधिकृत देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।
 
स्वाईन फ्लु H1N1नामक विषाणुका कारण हुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डाक्टर प्रविण घिमिरेले वताए । स्वाईनफ्लु लागेमा ज्वरो आउने, खोकी लाग्ने, नाकवाट पानी वग्ने, श्वास फेर्न कठिनाई हुने, घाँटी शरीर तथा टाउको दुख्ने, काप्ने आलस्य हुने, केहीमा झाडापखाला तथा वान्ता हुने अन्त्यमा रोग कडा हुदै शरिरको प्रतिरक्षा शक्ति कमजोर भई न्युमोनिया भएर विरामीको मृत्यु हुने जानकारी दिए । डाक्टर घिमिरेले यो रोग सुँगुरवाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर मासु पकाएर खाँदा भने यो रोग सुँगुरवाट मानिसमा नसर्ने जानकारी दिए । यो रोग मानिसमा लक्षण देखाउनु भन्दा एक दिन अगाडिवाट सात दिन सम्म सार्न सक्ने चिकित्सकको भनाईछ ।

स्वाइनफ्लु भएको रिपोर्ट सार्वजनिक भएपछि वालिङ लगायत आसपासका क्षेत्रमा त्रासदीपूर्ण अवस्थामा रहेको छ । यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयले अहिले सम्म कुनै विधि अपनाएको छैन । यसले गर्दा मनिसमा अझै त्रास रहने वातारण भएकोले छिट्टै यसको रोगथाममा ध्यान दिन सर्वसाधरण जनताले अनुरोध गरेका छन् ।

यता परिक्षणको रिपोट सार्वजनिक भए लगत्तै थप स्वास्थ्यकर्मीको टोली केही हप्ता वालिङ वस्ने गरी आउने तयारीमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्दका व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ