arrow

ट्राफिक समस्या बढिरहेकै समयमा एक वर्षमै थपिए साढे ४ लाख सवारीसाधन

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
traffic-jam-3.jpg.jpeg

काठमाडौं । आर्थिक वर्ष २०७३–७४ मा देशभर चार लाख ४४ हजार दुई सय ५९ वटा सवारी साधन थपिएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार आव २०७२–७३ माभन्दा गत आवमा एक लाख ६४ बढी सवारी साधन दर्ता भएका थिए ।

सहरी क्षेत्रमा ट्राफिक समस्या बढिरहेकै समयमा ठूलो संख्यामा सवारी साधन थपिएका हुन् ।

आव २०७२–७३ मा देशभर तीन लाख ४३ हजार सात सय ५६ सवारी साधन दर्ता गरिएको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ