arrow

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा, नामावलीसहित

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
Nepal-Police-new-tt.jpeg

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जनाको  बढुवा भएको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले ११ जनाको बढुवा भएको सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । 

बढुवा भएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई छन् । 

बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ । 

मन्त्री बस्नेतले सो रकमबाट पाँच वर्षभित्र त्यस क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ