arrow

गुल्मीका कर्ण सार्कीमाथी भएको कुटपिट जातीय विभेद हो : अनुगमन टोली

‘दोषीलाई हदैसम्मको कार्वाही गर्न माँग’

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
anugaman_toli.jpg

काठमाडौं। संयुक्त अनुगमन टोलीले गत असार २४ गते गुल्मी मुसिकोट नगरपालिका वडा नं. ४ हलोगाडे निवासी कर्णबहादुर सार्कीमाथि भएको निर्घात कुटपिट जातीय विभेदको पराकाष्ठा भएको दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा संयुक्त अनुगमन टोली, राष्ट्रिय दलित आयोग, दलित नागरिक समाज, संयुक्त राजनितिक दलित संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेको हो ।

अनुगमनका संयोजक मञ्जित ताम्राकारले पीडित सार्कीमाथि निर्घात् कुटपिटमा संलग्न शोभा कार्की र नीजको छोरा कृष्ण कार्कीलाई हदैसम्मको कार्वाही गरिनुपर्ने माग गरे । उनले भेन,‘हामीले यही साउन ५, ६, ७ र ८ गते गुल्मी जिल्लास्थित पीडित र पीडक पक्षहरुको घरका सदस्यहरुसँगै स्थानीय वासिन्दासँग घट्नाका सम्बन्धमा सत्य तत्थ्य बुझेका छौँ, मुचुल्का उठाएका कुरा सबै हामीले बुझ्यौँ, अन्ततः यो घटना बिशुद्ध जातिय विभेद भएको पुष्टि भएको छ।’

संयोजक मञ्जित ताम्राकारले अघि थपे,‘हाम्रो एउटै माग दोषीलाई कडा कार्वाही हुनुपर्छ, हाम्रो अनुगमन टोलीले तयार पारेको प्रतिवेदन अनुसार सरकारले दोषीलाई कानुन बमोजिम कारवाही गरोस्।उनले भने,‘अब सरकारले कडा भन्दा कडा कार्वाही गर्न नसक्ने हो भने यस्ता दुःखद् घट्ना फेरी पनि दोहोरिन्छन्, यस्ता घट्ना नदोहोरिनको लागि दोषीलाई हदैसम्मको कार्वाही गर्नुपर्छ अनिमात्र यस्ता घटना कम हुन्छन्।’

गत असाढ २४ गते पीडित कर्ण बहादुर सार्की विहान उठेर मिठु नेपालीको लागि बजारबाट चामल लिन गएको र फर्किंदा बाटोमा रहेको शोभा कार्कीको पसलमा तीन गिलास रक्सी पिएपछि उत्पन्न पस्थितिको परिणामबाट घटेको उक्त घट्ना सार्कीले खाएको भाडा नधोएको भन्दै उनीमाथि हातपात भएको टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ