arrow

गुगल र फेसबुकबाट मार्केटिङमा उत्रिए पतन्जलीको सामान बेच्न रामदेव

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
ramdev_(1).jpg

एजेन्सी । योग गुरु बाबा रामदेवको कम्पनी पतन्जली आयुर्वेद लिमिटेड डिजिटल प्लेटफर्मको प्रयोग गरेर आफ्नो उत्पादनको प्रमोशन गर्ने भएको छ । पतन्जलीले गुगल र फेसबुकसँग सहकार्य गर्ने बताएको छ ।

अनलाइन प्रमोशनमा लागेको पतन्जलीले  टिभि र पत्रिकाको तुलनामा अनलाइन प्रचार बढि प्रभावकारी हुने निष्कर्ष निकालेको छ । पतन्जलीका एक वरिष्ठ अधिकारीले भने - 'फेब्रुवरिदेखि हामिले अनलाइन प्रमोशन गर्न सुरु गरेका थियौ । सोको प्रतिक्रिया  हामिले सोचे भन्दा राम्रो आयो । पाँच महिना भित्र नै पतन्जली भारतको  सबैभन्दा लोकप्रिय 'फाष्ट मुभिङ कन्जुमर गुड्स' एफएमसीजी  ब्राण्ड बनेको छ र पाँचौ सबै भन्दा ज्यादा अनलाइन सर्च गरिने कम्पनी बनेको छ ।'

अधिकारीले भने - 'जुन महिनासम्म पतन्जलीको भिडियो येट्यूबमा 15 करोड भन्दा ज्यादा मानिसले हेरेका छन् । गुगलमा पतन्जलीका  उत्पादनको खोजि पछिल्लो  चार बर्षमा ११ गुणा बढेको छ र पछिल्लो तीन बर्षमा तीन गुणा बढेको छ ।'

पतन्जली आयुर्वेदको युट्यूब च्यानल जुलाई २०१४ मा सुरु भएको हो । सो च्यानलमा अहिले ९६ हजार भन्दा ज्यादा  सब्‍सक्राइबर्स  छन् । साथै फेसबुक पेजका ३८ लाख भन्दा ज्यादा फलोवर्स रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ