arrow

आखिर व्यवसायमा माहिर मानिसहरु किन हुन्छन् 'मुडुले' ?

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
mudule_photo.jpg

काठमाडौैं । गोल्डमेन सेक्सका प्रमुख लायड ब्ल्याकफिन, नेटस्केपका संस्थापक मार्क एन्ड्रीसन, फुबुका संस्थापक एवं सार्क टेकका प्रमुख डायमण्ड जोन। यिनीहरुका अलावा अरुपनि जो मान्छेहरु बढी बाठो र विद्वान जस्ता देखिन्छन् उनीहरुको तालु खुईलिएकै हुन्छ ।

तालु खुईलिने मात्रै होईन कपाल सबै खाली नै हुन्छ । हामी यो भन्न सक्छौं कि यस्ता तालु खुईलिएका पुरुषहरु विशेषधिकारका प्रतीक हुन् । धेरै सोच्ने र काममा बढी ध्यानदिनेहरुको कपाल छिटो झर्छ र उनीहरुको कपाल रहँदैन भनिएका छन् । तर, पेन्सिलवेनियाँ विश्व विद्यालयको एक अध्ययनका अनुसार भने यस्तो टाउकोमा कुनैपनि कपाल नहुनुको पछाडि एउटा महत्वपूर्ण रहस्य लुकेको छ । 

उक्त अनुसन्धानका अनुसन्धान कर्ता अल्बर्ट मेनेस तीन प्रकारका मानिसहरुमा गरेको अध्ययन अनुसार पुरै तालु खुईलिएको टाउको भएका मानिस बढी ज्यादा विशिष्ट देखिने गरेका छन् । अध्ययनका अनुसार जुन मानिसले आफैं कपाल खौरिएका थिए उनीहरुको झनै लामो र मजबूत कपाल आएको देखियो । तर, पनि उनीहरु अनेक प्रक्रिया अपनाएर पनि टाउकोलाई कपाल रहित बनाउन मरिहत्ते गर्छन् । किन त ? 

अमेरिकी सरकारको तथ्यांक बैज्ञानिकको रुपमा काम गर्ने गरेका मेनेस भन्छन् कि तालू खुईलिएका मानिसलाई बढी विशिष्ट मान्नुको पछि सांस्कृतिक सोच रहेको छ । तर यो सोच अधिकांश धनाढ्य व्यक्तिहरुमा रहेको देखिन्छ । जो मीठो तथा बुलन्द आवाजको लागि समेत बढी प्रभावशाली मानिन्छ । उनी भन्छन् अमेरिकी समाजमा बढी पारम्परिक तौरतरिकालाई मानेर व्यवसायिक मानिसहरु समेत कपाल काटिरहेको भेटिन्छ । उनीहरु आफ्नो व्यवसायमा सफलता प्राप्त गर्नकोलागि आकर्षक बन्नुपर्ने भएकोले टाउकोमा कपाल नहोस् भन्ने चाहन्छन् । यसरी आफैं कपाल खौरने योजना बनाउनेहरु काहीँ न काहीँ सांस्कृतिक पृष्ठभूमिसँग जोडिएका हुन्छन् । 

मेनस भन्छन् कि उनलाई यस विषयमा रिसर्च गर्ने प्रेरणा तब मिल्यो जब शिर मुण्डन गरिसकेपछि पहिले भन्दा मानिसमा केही अलग प्रवृत्ति देखिन थाल्यो र उसको सफलता पनि बढ्न थाल्यो । कपाल मुण्डन गरेपछि मानिसहरु बढी भलाद्मी र विशिष्ट त देखिन्छन् नै उनीहरुमा ४ वर्ष उमेर सानो समेत रहेको अनुभव देखिन्छ । यत्ति मात्रै होइन, तालू खुईलिएका मानिसहरु केही कम आकर्षक भने देखिन्छन् । यसको लागि उनले एकमात्रै नभएर धेरै मानिसहरुमाथि अध्ययन गरेका थिए । 

पहिलो प्रयोगमा एउटामा तालू नभएका र तालू भएका व्यक्तिहरुको तस्वीर देखाएर यिनीहरु मध्ये को बढी विद्वान र इमान्दार छ ? भनेर प्रश्न गरिएको थियो । दोस्रो प्रयोगमा कपालवाला मानिस र कपाल नभएका एकै जनाको कम्प्युटरबाट दुईवटा तस्बीर बनाएर देखाईयो । तेस्रो प्रयोगमा दुबै जनाको कपाल भएको तस्वीर देखाईयो र उनीहरुको बारेमा के कस्तो मानसिकता आयो भनेर केही मानिसहरुलाई सोधियो । 

यसको व्यवहारिक परिणाम आयो । यसमा कपाल खौरिएको मानिस नै बढी बौद्धिक, इमान्दार र विशिष्ट खालका हुन्छन् भन्ने प्रतिक्रिया आयो । यदी कपाल झरिरहेको छ भने शिर मुडुलो बनाउनु नै उत्तम विकल्प हो भनेर व्यापारीहरुले बढी कपाल खौरनेगरेको पनि भेटियो । उनी मानिस देखिनपनि इमान्दार र विद्वान देखिने तथा सधैंभरी कपाल झरिरहने समस्या पनि हट्ने भएकोले कपाल खौरिनु नै उत्तम हुने भएकोले व्यवसायमा माहिर व्यक्तिहरु बढी तालुखुईले हुने बताउँछन् । -एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ