arrow

नेइमारको कमाईले बनायो विश्व रेकर्ड, रोजे १० नम्बर जर्सी 

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
neymar.jpg

काठमाडौं । ब्राजिलका फुटबल स्टार नेइमारको कमाईले विश्व रेकर्ड बनाएको छ । उनलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले १९८ मिलियन पाउन्डको रेकर्ड ट्रान्सफर फी तिरेर स्पेनिस क्लब बार्सिलोनाबाट लगेको हो ।

यसअघि पल पोग्बाको नाममा गत वर्ष इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडमा आबद्ध हुनका लागि ८ करोड ९० लाख पाउन्डको ट्रान्सफर रेकर्ड थियो । 

पाँच वर्षको यो करारमा नेइमारले बर्षको ४ करोड ४० लाख युरो कमाउने छन् । हप्तामा उनको कमाई ५ लाख पाउन्ड हुनेछ ।

यसैबीच, पीएसजीबाट अभ्यास गर्न थालिसकेका नेइमारको औपचारिक प्रवेश भने शुक्रबार दिउँसोबाट हुनेछ । 

उनले नयाँ ठाउँमा अहिलेसम्मकै उत्कृष्ट खेल पस्कनेसमेत बताएका छन् । 

२५ वर्षीय नेइमारले १० नम्बर जर्सी लगाउने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ