arrow

स्याङ्जामा ४६ करोड फ्रिज

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन २० शुक्रबार
Syangja_district_map.png

स्याङ्जा। आर्थिक वर्ष २०७३-०७४ मा स्याङ्जाबाट झण्डै ४६ करोड रकम फ्रिज भएको छ। चालु तर्फ ४ अर्ब ७२ करोड ८८ लाख विनियोजन भएकोमा ३० करोड ५४ लाख र पु“जीगत तर्फ १ अर्ब १२ करोड ७३ लाख मध्ये १५ करोड ४४ लाख गरि कुल ४५ करोड ९८ लाख रकम फ्रिज भएको हो।

१ करोड भन्दा माथि बजेट हुने कार्यालयमा ३ अर्ब ५५ करोड ४९ लाख ९२ हजार चालु खर्च विनियोजन भएकोमा २६ करोड ४३ लाख १६ हजार फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय स्याङ्जाले जनाएको छ । १ अर्ब ५ करोड २५ लाख ५७ हजार पु“जिगत बजेट मध्ये १२ करोड ७८ लाख ७७ हजार गरि कुल ३९ करोड १२ लाख ९३ हजार फ्रिज भएको प्रमुख कोष नियन्त्रक जयराम पौडेलले जानकारी दिए।

बजेट भएरपनि खर्च गर्न नसक्ने विषयगत कार्यालय तर्फ जिल्ला समन्वय समिति अगाडी देखिएको छ। ५० करोड ६२ लाख १२ हजार पु“जिगत बजेटमा ५ करोड २६ लाख १ हजार फ्रिज गरेको छ। चालु खर्चमा २ अर्ब २३ करोड ८८ लाख ९४ हजार मध्ये १५ करोड ७८ लाख ९९ हजार फ्रिज गएको कोलेनिकाले जनाएको छ। बजेटको आकारमा सिंचाई कार्यालयले ८ करोड ९७ लाख ९० हजार मध्ये सबै भन्दा बढि ३ करोड १३ लाख ९ हजार फ्रिज गराएको छ।

“एक करोड ६७ लाख सडक, पुल र १ करोड ६ लाख झलुङ्गे पुल शिर्षकमा विनियोजित पु“जिगत खर्च बढि फ्रिज भएको देखिएको छ।” जिल्ला समन्वय समितिका लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले भने, “पु“जिगत खर्चमा करिब ९० प्रतिशत र चालुमा ९३ प्रतिशत रकम खर्च भएको देखिन्छ।” सामाजिक सुरक्षा क्षेत्रको रकमले बढि रकम फ्रिज देखिएको उनले दाबी गरे।

कार्यालयगत बजेट र खर्चको तुलनामा स्वास्थ्यले पुजिगत ७६.४, चालु ९३ प्रतिशत रकम खर्च गरेको छ। शिक्षाले ६७ पु“जिगत र चालुमा ९७ प्रतिशत खर्च गरेको छ, भने खानेपानी कार्यालयले पु“जिगत तर्फ ९९.३ र चालुमा ९४ प्रतिशत रकम खर्च गरेका छन्। जिल्लामै कम १६.८ प्रतिशत पु“जिगत खर्च मालपोत कार्यालय वालिङ गरेको छ भने जिल्ला प्रशासनले ६० प्रतिशत चालु खर्च गरेको देखिन्छ।

“स्याङ्जामा चालु खर्च भन्दा पु“जिगत खर्च निकै कम देखिनुमा कार्यालयको आन्तरिक र मन्त्रालयहरु बढि जिम्मेवार हुन्छन्।” प्रमुख कोष नियन्त्रक पौडेलले भने, “कार्यालयले तिव्र रुपमा काम गर्न नसक्नु र मन्त्रालयले वर्षको अन्त्यमा बजेट पठाउने प्रचलनले चालु भन्दा पु“जिगत कम खर्च हुनुमा दुबै दोषी छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ