arrow

भुकम्प पिडीतको रकम फिर्ता

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन २० शुक्रबार
earthquake-321.jpg.jpeg

स्याङ्जा। भुकम्प गएको २ वर्षपछि लाभग्राहीका नाममा आएको करिब १० करोड रकम स्याङ्जाबाट फिर्ता गएको छ। जिल्ला समन्वय समिति मार्फत लाभग्राहीलाई दिनुपर्ने ९ करोड ४१ लाख ५९ हजार ५ सय २९ रुपैया“ फिर्ता गएको हो।

स्याङ्जाका प्रमाणित ८ हजार ३ सय ८ लाभग्राहीलाई पहिलो किस्ता वापत २४ करोड ९६ लाख ९ हजार ५ सय २९ रुपैया“ अख्तियारी दिएपनि ३ हजार १ सय ९ जना लाभग्राहीले ५० हजारका दरमा १५ करोड ५४ लाख ५० हजार मात्रै लगेकाले झण्डै १० करोड रकम फिर्ता भएको छ।

“जिल्लाका ११ स्थानीय तह मध्ये चापाकोट र गल्याङ् नगरपालिका तथा आ“धीखोला गाउ“पालिकाले रकम निकासा नलग्दा करिब १० करोड फिर्ता भएको हो।” जिल्ला समन्वय समितिका सूचना अधिकृत धनप्रसाद कोईरालाले भने, “झण्डै ६ हजार लाभग्राहीले सम्झौता गरे तर आधाले मात्रै पहिलो किस्ता वापत रकम निकासा लिए।” सम्झौता भएर पनि निकासा दिन नपाउ“दा यस्तो अवस्था सृजना भएको उनले बताए। 

पूर्ननिर्माण प्राधिकरणले समन्वय समिति मार्फत जिल्लाका लाभग्राहीलाई पहिलो किस्ता वापत ५० हजारका दरमा ४१ करोड ५४ लाख निकासा दिनु पर्ने थियो। समितिका अनुसार स्थानीय निर्वाचन सहितका विविध कारणले समयमै रकम दिन नसक्दा पिडीतले थप आहात भोग्न बाध्य भए।

“रकम अभावले भुकम्प पिडीतले हालसम्म घर बनाउन पाएका छैन्न, पिडीतका नाममा आएको रकम फिर्ता हुनु दुःखत हो।” पुतलीबजार नगरपालिका ५ का लाभग्राही तुलसीराम रेग्मीले भने, “जिल्ला तहबाट सम्भब नभए कम्तिमा स्थानीय तहका कर्मचारीलाई परिचालन गरेर भएपनि पिडीतलाई रकम दिनु पथ्र्यो।” कर्मचारीको लापरबाही रकम फिर्ता गएको रेग्मीले जिकिर गरे।

स्थानीय तहबाट रकम निकासाका लागि प्रक्रिया शुरु नगरेकाले पिडीतले समयमै रकम पाउनबाट बञ्चित भएको समितिले जनाएको छ। समितिका अनुसार अब निकासा आउना साथ स्थानीय तहबाटै तदारुक्ताका साथ सम्झौता गराएर निकासा दिने तयारी गरिएको छ। थप रकम कहिलो निकास हुन्छ भन्नेमा समिति अन्यौलग्रस्त छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ