arrow

काँग्रेस नेताहरु विराटनगरमा हुँदा शेखर सुदुरपश्चिममा

६०/४० को भागबण्डाको राजनीति अन्त्य गर्ने प्रतिवद्धता

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
shekhar.jpg.jpeg
बैतडी। काँग्रेसका दुई दर्जन नेता आफ्नो गृहनगर विराटनगरमा रहँदा काँग्रेस केन्द्रिय सदस्य शेखर कोइराला सुदुरपश्चिम भ्रमणमा निस्किएका छन्। काँग्रेस केन्द्रिय सदस्य केशव सिंह र नेपाल शिक्षक संघका केहि पदाधिकारीहरुसँगै सुदुरपश्चिम लागेका कोइराला काँग्रेस महाधिवेशनकै सिलसिलामा कार्यकर्ता भेटघाटमा रहेका छन्। 
 
कोईरालाले बैतडीको कार्कय्रममा अहिले नेपाली काँग्रेस कमजोर भएकोले राष्ट्रियता र लोकतन्त्र कमजोर बनेको भन्दै आगामी महाधिवेशनमा सक्षम र सबल नेतृत्व चयन गरेर मजबूत काँग्रेस निर्माणको अभियानमा जूट्न कार्यकर्ताहरूलाई आग्रह गरे। मूलूक अहिले विदेशीहरूको क्रिडास्थल बनेको भन्दै मूलूकको अश्मिता जोगाउँने जिम्मेवारी काँग्रेसकै काँधमा आएको उनले बताए। 
 
नेपाली काँग्रेस दूरदराजमा बसेर काम गर्ने कार्यकर्ताहरूको जगमा उभिएपनी आज ति दूरदराजका कार्यकर्ताहरूको योगदानको मूल्यांकन नभएकोमा आफू दूखी बनेको उनले बताए। ६०/४० को भागबण्डाको राजनितीले आम कार्यकर्ताहरूको शिर निहूरेको भन्दै पार्टीको आसन्न महाधिवेशनमा भागबण्डाको राजनीति कूनैपनी हालतमा तोड्ने प्रतिबद्धता ब्यक्त गरे। 
 
नेपाल शिक्षक संघ बैतडीको १९ औं जिल्ला प्रतिनिधी सभालाई संबोधन गर्नूहूँदै डा कोईरालाले जनताको दैनिकी अत्यन्तै कष्टकर बन्दा पनी त्यसलाई लत्याउँदै सरकार मन्त्रालय फूटाएर मन्त्री पद भागबण्डाको रमितामा लागेको बताए। सरकार ढाल्न काँग्रेस कदापी नलाग्ने भन्दै डा कोईरालाले भने-"सरकार कालाबजारी,भ्रष्ट्राचार र कूशासनलाई संस्थागत गर्न लागेकाले सरकार आफै ढल्ने तयारीमा पूगिसक्यो, अब सरकार ढल्नबाट कसैले रोक्न सक्दैन।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ