arrow

साढे ३ बजेसम्म भरतपुर-१९ मा ७० प्रतिशत मत खस्यो, साँझदेखि नै गणना सुरु गर्ने प्रयास

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
Election_local_2074.jpeg

‘काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत् भरतपुरको वडा नम्बर १९ मा जारी मतदानमा दिउँसो साढे ३ बजेसम्म करिव ७० प्रतिशत मत खसेको छ।निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालका अनुसार दिनको साढे ३ बजे सम्ममा करिव ७० देखि ७२ प्रतिशत सम्म मत खसेको जानकारी आफूलाई प्राप्त भएको बताए । 

पहिलो चरणमा भएको निर्वाचनको मतगणना भइरहेको बेला मतपत्र च्यातिए पछि दुई महिनाभन्दा अघिदेखि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले पुनः निर्वाचन गराउने निर्णयको पक्षमा सर्वोच्च अदालतले  फैसला सुनाए पछि शुक्रबार बिहानैबाट महानगरपालिकाको वडा नम्बर १९ का मतदाताहरु मतदानमा व्यस्त छन् । कडा सुरक्षाकाबीच भइरहेको मतदान वर्षाको कारण प्रभावित भए पनि मतदाताको उल्लेख्यमात्रामा उपस्थिती रहेको छ। 

मतदान बेलुका ५ बजे सम्म हुने निर्वाचन कार्यलयले जनाएको छ । भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीबाट मेयरकी उम्मेदवार रेणु दाहाल  र एमालेका  देवि ज्ञवालीकाबीच कडा प्रतिस्पर्दा भइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ