arrow

परराष्ट्रमन्त्रीसँग तुर्केमिनिस्तानका राजदूतको शिष्टाचार भेट

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
DPM-20_photo.jpg

काठमाडौं ।  उपप्रधान तथा पराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि तुर्केमिनिस्तानका गैरआवासीय राजदूत परखान्त एच दुड्र्येभले शिष्टाचार भेटवार्ता गरेका छन् ।

पराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले द्विपक्षीय परामर्श संयन्त्र गठन गरेर आपसी सहयोग र चासोका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइने बता । उनले व्यापार, लगानी, खेलकुदलगायतका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्न सकिने उल्लेख गरे।

संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र समूह–७७ जस्ता बहुपक्षीय मञ्चमा दुई देशले सहकार्य गर्न सक्ने परराष्ट्रमन्त्री महराले बताए ।

सो अवसरमा राजदूत परखान्तले आगामी सेप्टेम्बर १७ देखि २७ सम्म आफ्नो मुलुकमा हुन गइरहेको पाँचौ एसियन इन्डोर एन्ड मार्सल आर्ट खेलकुद प्रतियोगितामा सहभागी हुन अनुरोध गरे ।

उनले उक्त प्रतियोगिता आफ्नो मुलुकका लागि ठूलो अवसर भएको बताउँदै उद्घाटन समारोहमा उच्चस्तरको सहभागीताका लागि अनुरोध समेत गरे।

राजदूतको अनुरोधप्रति परराष्ट्रमन्त्री मन्त्री महराले उच्चस्तरीय सहभागीका लागि पहल गर्ने र आफ्नो देशबाट पनि उक्त प्रतियोगितामा सहभागीता जनाउने तयारी भएको जवाफ दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ