arrow

उत्साहजनक रुपमा ७५ प्रतिशत मतदाताले दिए भरतपुरमा मत 

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
Bharatpur_Mahanagarpalika.jpg

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत् शुक्रबार भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन भएको मतदानमा करिव ७५ प्रतिशत मत खसेको छ। शुक्रबार बिहानबाट सुरु भएको मतदानमा ७५ प्रतिशत मत खसेको चितवनका जिल्ला निर्वाचन अधिकृत हरि प्रसाद ढकाल जानकारी दिए । उनका अनुसार कुल ३७९५ मतदाता रहेको वडा नम्बर १९ मा २८७१ मत खसेको ढकालले जानकारी दिए।

ढकालले राजनीतिक सहमति भए शुक्रबारदेखि नै मतगणना सुरु गर्ने तयारी भर्इरहेको छ । पहिलो चरणमा भएको निर्वाचनको मत गणना भइरहेको बेला मतपत्र च्यातिए पछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले पुन निर्वाचन गराउने निर्णयको पक्षमा सर्वोच्च अदालतले  फैसला सुनाए पछि शुक्रबार बिहानै बाट महानगरपालिकाको वडा नम्बर १९ मा मतदातामा उत्साह जनक सहभागिता रहेको थियो ।

मतदातको सुरक्षालाई ध्यानमा खाख्दै   सुरक्षा व्यवस्था कडा पारिएको थियो ।सुरक्षा व्यवस्था कडा पारे पनि बिहानै देखी  बर्षाको कारण मतदान प्रभावित भएको थियो । भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका रेणु दाहाल  र एमालेका  देवि ज्ञवालीकाबीच कडा प्रतिस्पर्दा भइ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ