arrow

छुवाछुत गर्नेलाई कडा कार्वाही गर्नुपर्ने सांसद कुमालको माग

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
samsad_kumal.JPG

काठमाठौं । नेपाली कांग्रेसका संसद नरेन्द्रकुमार कुमालले  अहिले पनि जातीय छुवाछुतको अन्त्य हुन नसकेको बताएका छन्। व्यवस्थापिका संसदमा  जातीय भेदभाव तथा छुवाछुत बिधेयक २०७४ को छलफलमा वोल्दै उनले यस्तो धारणा राखेका हुन्। नेपाली कांग्रेसका सस्थापक बिपि कोइरालाले जातीय छुवाछुतको अन्त्य सुरु गरेको बताउदै वर्तमान सरकारका उप-प्रधान तथा संघिय मामिला मन्त्रीले यसलाई  निरन्तरता दिदै बिध्येक पेश गरेको बताएका छन् । छुवाछुत गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कानुनी कार्वाही हर्नु पर्नेमा समेत उनले जोड दिएका छन्।

हरेक कार्यक्रममा मान्छे मान्छे एउटै हो भन्ने गीत गाउदै रमाउछौ तर त्यसको मर्मलाई कहिलै बुज्न नसकेको समेत उनले जनाए । उनले सवैलाई सम्मान गर्न सकेको भए नेपाल अहिले सम्म विकास भइसक्ने बताए । लोकतन्त्रको गोरेटोमा हिड्न समेत जातीय छुवाछुतको अन्त्य गर्नु पर्न धारणा राखेका छन् । नेपाली समाजले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास हुनुपर्ने समेत बताएका छन् ।

दलितका लागि दलितले नै आवाज उठाउनु पर्ने जनजातीकालागी जनजातीलेनै मात्र आवाज उठाउने परिपार्टीको अन्त्य गरी आपसी सहकार्यमा अघि बढ्नुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ