arrow

फास्टट्रयाकलाई लाइफलाइन सडक बनाउने सरकारको योजना : रक्षामन्त्री प्रधान

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
bhimsendas_pardhan.JPG

काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं निजगढ सडक फास्टट्रयाक लाई मुलुकको लाइफलाइन सडकका रुपमा विकसित गर्ने सरकारको योजना रहेको बताएका छन् ।
 
शुक्रबार राजधानीमा ‘नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समिति’ले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले काठमाडौं निजगढ सडक मुलुकको लाइफलाइन सडक हुने भन्दै सरकारले प्राथमिकताका साथ निर्माण गर्ने बताएका हुन ।

फरक प्रसंगमा उनले संविधानको कार्यान्वयन गर्नु र सबैलाई संविधान प्रति अपनत्व महसुस गराउँनु सरकारको कर्तव्य भएको समेत बताए । ‘हिमाल पहाड तराइ सबै क्षेत्रमा बसोबास गर्ने जनताले संविधान प्रति अपनत्व महसुस गर्नु पर्छ, त्यस कारण पनि संसोधन आवश्यक छ,’ मन्त्री प्रधानले भने ।
 
कार्यक्रममा काठमाडौं उपत्यकाबाट रक्षामन्त्रीमा नियुक्त भएकोमा आयोजक समितिले मन्त्री प्रधानलाई बधाइसहित सम्मान गरेको थियो । कार्यक्रममा समितिका लक्ष्मिदास मानन्धर, तीर्थराम डंगोल लगायतले नेवारी समुदायबाट सरकारले पहिलो पटक रक्षा मन्त्रीमा प्रतिनिधित्व गराएकोमा धन्यवाद समेत दिएका थिए । मन्त्री प्रधानले नेपाल संवतलाई सबैले महत्वका साथ मान्नु पर्ने भन्दै गैर नेवार समुदायको समेत यस्ता संस्थामा प्रतिनिधित्व हुनु पर्नेमा जोड दिएका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ