arrow

विद्यार्थी राजनीतिलाई वद्नाम हुन नदिन मेरो उमेद्वारी

दलाली, तस्करी र आपराधिक कामबाट बिद्यार्थी आन्दोलन बचाउने जिम्मेवारी

logo
नविना लामा,
प्रकाशित २०७२ पुष २४ शुक्रबार
nabina-lama.jpg.jpeg
काठमाडौं। माघ २७ देखि २९ सम्म काठमाडौंमा हुने नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वको प्रत्यासीहरु विद्यार्थीहरुकहाँ पुग्ने क्रममा छन्। अनेरास्ववियूको असोजमै हुनुपर्ने सम्मेलन संविधान र आन्दोलनले गर्दा सरेपछि माघमा तय भएको थियो। 
 
अखिलमा अध्यक्ष, चार उपाध्यक्ष, महाचिव, ३ समावेशीसहित ७ सचिव र कोषाध्यक्षसहितको पदाधिकारी निर्वाचित हुनेछन्। महाधिवेशनबाट १ सय ४१ सदस्यीय केन्द्रीय कमिटी र सोही संख्यामा प्रतिनिधि परिषद सदस्यहरु निर्वाचित हुने व्यवस्था अनेरास्ववियूको विधानमा गरिने भएपछि सबै पदमा प्रत्यासीहरु धेरै नै देखिएका छन्। 
 
भावी अध्यक्षका लागि पार्टी अध्यक्ष केपी ओली निकटको संस्थापन पक्षबाट बलियो उमेद्वार मानिएकी महासचिव नविना लामा विद्यार्थी राजनीतिमा आफूले निर्वाह गरेको योगदानका कारण पनि साथीहरुले आफूलाई अध्यक्ष बनाउने बताइन। पूर्व उपाध्यक्ष भएर काम गरिसकेकी लामा यसअघीको महाधिवेशनबाट भने महासचिव बनिन। कार्यसमितिमा 'सिनियर' रहेकी नविनालाई साथीहरुले देशैभरबाट हौस्याइरहँदा पार्टी नेतृत्व तहबाट पनि साथ मिल्ने क्रम रहेको छ।  
 
विद्यार्थी आन्दोलन वैचारिक रुपमा सबल हुनुपर्ने बताउने लामाले हाम्राकुरा डटकमसँग कुरा गर्दै त्यसमा आफू खरो रुपमा उत्रने बताइन। सांगठनीक जीवनको अलोकतान्त्रिक गुटवन्दी आफ्नो लागि चुनौति ठान्ने नविनाले विद्यार्थी राजनीतिमा मौलाएको आर्थिक विश्रृङखलतालाई अन्त्य गर्नुपर्ने एजेण्डलाई पनि महाधिवेशनको एजेण्डा बनाउन चाहेकी छिन। यहि मुद्धा साथीहरुकहाँ राख्दा मन पराएको समेत उनले बताइन। 
 
विद्यार्थी राजनीति र आन्दोलनलाई बचाउने जिम्मा अहिलेको पुस्तालाई आएको उनको भनाइ छ। विद्यार्थी आन्दोलनलाई सबै विद्यार्थी संगठनहरुले एकजुट भएर बचाउनुपर्ने उनको तर्क छ। विद्यार्थी नेताहरु अहिले दलाली, तस्करी र आपराधिक काममा लागेका छन् त्यसको मुक्ति र अन्त्यका लागि पनि अनेरास्ववियूमा आफूले उमेद्वारी दिएको बताउने नविनाले भनिन 'साथीहरुले मेरो कुरालाई संगठन बचाउने सन्दर्भमा स्वकार्नुहुनेछ। विद्यार्थी राजनीति र आन्दोलनलाई उचाइमा पुर्‍याउन पनि  मलाई नेतृत्वमा पुर्‍याउनुहुनेछ।'  
 
साच्चै यसपटकको २२ औं राष्ट्रिय सम्मेलनले नविनालाई अध्यक्ष बनायो भने अखिलको इतिहासमा रामकुमारी झाक्रीपछि दोस्रो महिला अध्यक्षको रुपमा उनी हुनेछिन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ