arrow

‘ए होर भाई कस्ले, कुन् नेताले, के भने ?’

आम माफि नदिने फैसला : एमाओवादी नेताले किन गरे स्वागत ?

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
sabitri-Fnl.jpg.jpeg
चन्द्र धामी, काठमाडौं । सर्वोच्चको फैसलाले निकै खुसी छु । परिवारमा धेरै वर्षपछि दुःख भुल्ने रंग आएको छ । न्यायको ढोका बन्द हुँदो रहेनछ । कारबाही हुनेमा आशावादी भएका छौं । दुई दाजुभाईको हत्याले विभत्स सावित्रीले हाम्रा कुरासंग कुरा गर्दै गइन्–,‘हामीलाई कारबाही नहोला भन्ने ठूलो डर थियो ।’ ढिलै भएपनि आम माफीविरुद्ध मैले पेश गरेको रिट निवेदनको सुनुवाई भयो । 
 
सावित्रीलाई सर्वोच्चले गरेको फैसलाको एकिकृत माओवादी नेताले स्वागत गरेको कुरा थाहा थिएन । कुराकानीका क्रममा एकिकृत माओवादीका प्रभावशाली नेताले फैसला स्वागतयोग्य भने छन् नी ! भन्दा–सावित्रीले मुख खोलिन् ,‘ए होर भाई कस्ले, कुन् नेताले, के भने ? ।’ शुक्रबार नवलपरासी पुगेका एकीकृत माओवादी महासचिव एवं पूर्व–उपप्रधानमन्त्री कृष्णबहादुर महराले सर्वोच्च अदालतले बिहीबार आममाफी नहुने गरी गरेको फैसला स्वागतयोग्य भने । 
 
क्रान्तिकारी पत्रकार संघ नवलपरासीले कावासोतीमा गरेको पत्रकार सम्मेलनमा महराले एमाओवादीले २०५२ फागुनदेखि २०६३ मंसिर ५ गतेसम्मको अवधिमा भएका घटनाका सम्बन्धमा कारबाहीको दायरामा ल्याउनेभन्दा राजनीतिक समाधान खोज्ने प्रयास गरेको सुनाए । शीर्ष तीनदलबीच संविधान जारी गर्नुअघि भएको सहमतिमा जनयुद्धकालीन मुद्दा खारेजी हुने र त्यो सत्य निरुपण तथा मेलमिलाप आयोगमा जानुपर्ने सहमति भएको महराको भनाई छ । महराले १६ बुँदेलाई नै संकेतगरी यी विषय बोलेका हुन् । १६ बुँदेमा सर्वोच्चले समेत आपत्ति जनाएको थियो । 
 
भाई उज्जन कुमार श्रेष्ठ हत्याका मूख्य दोषी एमाओवादी पूर्व सभासद् बालकृष्ण ढुंगेललाई आम माफी नहुने फैसलाले खुसी छन् सावित्री । तर, दाईका हत्यारा अझै खुलेआम हिंडिरहेकामा उनको मन चसक्क हुन्छ । सावित्रीले भनिन्,‘दाईका हत्यारा घुमिरहेका छन्, पुनरावेदन अदालत जनकपुरले पछिल्लो फैसलामा ६ महिनाभित्र अनुसन्धान गरी अभियुक्तहरुलाई अदालतमा पेश गर्न भनेको छ, तर ७ महिना वितिसक्दा समेत कुनै टुंगो लागेको छैन ।’ आफुले अभियुक्तहरुको तीन पुस्तेसहित सबै देखाउन तयार रहेको बताउँदा समेत अनुसन्धान अघि नबढेको सावित्रीको गुनासो छ । 
 
संविधानसभा भवन नयाँ बानेश्वरको पश्चिम गेटमा भाई हत्याका दोषी (हाल जेलमा) पुष्कर गौतमसंगको जम्काभेट अझै सम्झिन्छन् सावित्री । सावित्रीले अझै त्यो क्षण भुल्न सकेकी छैनन् । उनले सुनाईन्,–‘त्यो क्षण सम्झिँदा अझै कस्तो–कस्तो हुन्छ ।’ अघिल्लो संविधान सभाको पहिलो बैठक बस्नु अघि उनी सहित आफन्तहरु संविधान सभा भवनको गेटमा धर्ना बसे । पछि उनीहरुलाई प्रहरीले मिडियाले तपाईले भन्नु खोज्नु भएको कुरा कैद गरिसक्यो, हट्नुस् भन्यो । सावित्रीले सुनाउँदै गइन्,‘हामी हट्न खोज्दा गौतम प्रहरीकै पछि उभिएका थिए, मलाई के गरौं, के गरौं भयो ।’ सहन नसकेपछि संगै रहेका अरुसंग कुराकानी गरें । सबैको सल्लाहमा आफै समातेर प्रहरीलाई बुझाउने प्रयत्न गर्न खोज्दा उनी त्यहाँबाट भागि सकेछन् ।
 
त्यो जम्काभेट पछि मनाई उसले लखेट्यो । बारम्बार मार्ने धम्कि आयो । निकै समय डर, भागमै दिन गुज्रियो । दुई वर्ष अघि मात्रै तत्कालिन गृहमन्त्री वामदेव गौतमलाई भेटेर जीउ ज्यान खतराबारे भने । आमा पनि संगै जानु भाथ्यो । गौतमलाई भनेको भोलि पल्टै पुष्कर पक्राउ परे । अहिले आजीवन कैद भुक्तान गरिरहेका छन् । दुई वर्ष अघि उनी पनि ढुंगेल जस्तै खुलेआम घुमिरहन्थे । 
 
उज्जन हत्याका दोषी को कहाँ छन् ? 
ढुंगेल सहित ९ जना थिए ।
२ जनाले सजाए काटेर जेल मुक्त भईसकेका छन् । उनीहरुले जिल्लाबाटै ३ वर्ष कैद भुक्तान गरेर छुटे । 
कोही क्यान्सर भएर मरे । 
मुल्तवीमा रहेका एक जनाले सफाई पाए ।
ढुंगेल सजायको भागिदार बनेका छन् । पक्राउ परेका छैनन्
 
घटनाक्रम यसरी सम्झिइन् सावित्रीले 
२०५५ असार १० गते ३२ वर्षीय भाई उज्जन कुमार श्रेष्ठको हत्या भयो । भाई ओखलढुंङ्गा टार केरावारी खहरेखोला–बेसीमा रहेको मिलमा थिए । मिलबाट निस्केर तीन मिनेट पर पुग्दा उनीमाथि सांघातिक आक्रमण भयो । विभत्स हत्या भयो । भाई हत्याको खबर भरियाबाट पाईयो । दाइले हत्या लगत्तै केही दिनमै मुद्दा दर्ता गर्नु भयो । भाई हत्यापछि दाई भागेर  काठमाण्डौंमै आउनु भयो । यतै बस्नु हुन्थ्यो । पछि छोरीहरुको पढाई विग्रियो भन्दै गाउँ जानु भयो । मंसिरको महिना धान भित्र्याउने समय थियो । दाई काटेको धान सिमोट्ने क्रममा घर पछाडीको खेतमा हुनुहुन्थ्यो । २०५९ मंसिर ६ गते दाई गणेश कुमार श्रेष्ठको  हत्या भयो । भाईको हत्याले विक्षिप्त आमा अचेत हुनुहुन्थ्यो । भाउजु अपाङ्ग हुनुहुन्छ । घर सम्पत्ति सबै कब्जा भयो । घर बम पड्काएर ध्वस्त पारिदिए । ठूलो पसल थियो त्यो पनि लुटे । मिल लुटेर लगेका सामानहरु अझै चलाई रहेका छन् । ओखलढुंङ्गा पोकली –२ को बास उठ्यो । 
 
दाईको रिट, बहिनीको रिट 
दाईको रिटमा भएको फैसला कार्यान्वयनका लागि २०६८ जेठ ३१ मा सावित्रीले  सर्वोच्चमा पहिलो रिट दर्ता गरिन् । रिटबारे सुनुवाई नहुँदै कार्तिक २२ गते तत्कालिन मन्त्रीपरिषद्ले द्वन्द्वकालिन घटनामा आम माफी दिने निर्णय गरिदियो । सावित्रीले ०६८ कार्तिक २४ मा आम माफीविरुद्ध दोस्रो रिट हालिन् । चार वर्षपछि सावित्रीको दुई रिटमाथि एकै पटक सुनुवाई भयो । हाम्रा कुरासंग उनले भनिन्,‘मैले २ रिट दर्ता गरें, दुबैको सुनुवाई एकै पटक भयो ।’ अब दाईका हत्यारालाई कारबाही भइदिए हुन्थ्यो । सावित्रीले पीडाको ५००० दिन पुष्तक प्रकाशन गरी आफुले झेलेको पीडा पोख्दै न्यायको लडाई लडिन् । उनलको किताब नेपाली अंग्रेजी दुबैमा प्रकाशन भएको छ । 
 
एमाओवादी नेताले किन गरे स्वागत ?
एकिकृत आओवाका प्रभावशाली नेताले सर्वोच्चले आम माफि नदिनेगरी गरेको फैसलाको स्वागत गरे । एमाओवादी पूर्व सभासद् बालकृष्ण ढुंगेललाई आम माफि नदिने सर्वोच्चको फैसलाको सोही पार्टीका महासचिव कृष्णबहादुर महराले स्वागत गरेका हुन् । भरखरै पार्टी त्याग गरि नयाँ शक्तिमा लागेका बाबुराम भट्टराई पक्षधरलाई कारबाही हुन लागेकामा उनी खुस् भएका हुन् । श्रेष्ठ हत्याका दोषी ढुंगेल बाबुराम भट्टराई निकट मानिन्थे । पछिल्लो समय उनको पार्टीगत अवस्थाबारे भने खासै चर्चा भएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ