arrow

पहिरोमा हराएका खातीको शव खोज्न स्थानीयको माग

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ साउन २१ शनिबार
pahiro_puriya_bhaganj.png

बझाङ। लगातार परेको बर्षाका कारण शुक्रबार बिहान  पहिरोमा परि बेपत्ता भएका  खप्तड छान्ना गाँउपलिका १ खाती गाँउ घर भएका ३४ बर्षिय दिपक खाती को लास निकाल्न कुनै पहल गरिएको छैन् । छान्नाको पसलबगर नजिकै झुलढुङ्गामा पहिरोमा परि बेपत्ता भएका खातीको लास निकाल्न स्थानिय बासीले प्रहरी प्रसासन लाई आग्रह गरे पनि हाल सम्म कुनै पहल नगरिदा स्थानिय बासी आक्रेशित भएका छन् ।

जिल्ला समन्वय समिती अन्तर्गत सन्चालन भएको स्थानिय सामुदायिक बिकास कार्यक्रमका सामाजिक परिचालक समेत रहेका दिपक खाती छान्ना गाँउपालीको कालुखेतीमा नयाँ जनप्रतिनिधीको स्वागत कार्यक्रममा सहभागी हुन घरबाट गई रहेका बेला पसलबगर स्थित झुलढङ्गा निर पहिरो आउदा पुरिएका थिए । पहिरो गई रहेको ठाँउको पारिबाट स्थानियले पहिरो आएको भनी कोलहल गरेपनि खातीले कानमा एयरफोन लागाएका कारण आवाज सुन्न नसकेपछि हेर्दा हेर्दै पहिरोमा डुबेको स्थानिय गोकर्ण जोशीले जानकारी दिए ।

 यसरी पहिरोमा पुरिएको झण्डै दुई दिन हुन लाग्दा सम्म पनि स्थानिय प्रशासनले चासो नदिए पछि स्थानियहरु आक्रोशित भएको स्थनिय अनिल रोकायाले बताए । उनले भने डोजर बिना सम्भब नभएकाले स्थनिय प्रसासनले लासको त खोजी गरि गरिदिनु पर्ने हो नि ।  सोही पहिरोले सडक मुनीरहेको जडारीगाड खोलाको किनारमा जाल खेलि रहेका खप्तड छान्ना गाँउपालिका २ का बर्ष ३८ का चन्द्र कठायत गम्भिर घाईते भएका छन् । कठायतको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसके पछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।  पहिरो ठूलो आएकाले खातिको शव पहिरो भित्र छ  वा खोलाले बगाएर लगेको भन्ने बारे एकिन नभएको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

यता शुक्रबार नै रिठापाटा नजिकै  बारिल पाटाखानाबाट खोला पारि घर जाने क्रममा  खोलाले बगाएका शेर बहादुर बोहराको लास भने बारिलको पाँच सय मिटर तल बाउली खोलाको बिचमा उत्रिएको बुझिएको छ । दुबै भगालोमा  पानी धेरै भएकाले लास निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सई गगनसिहं भण्डारीले  जानकारी दिए।बर्षायाम सुरु भए सगै बझाङ्गमा बाढी र पहिरोका कारण ठुलो मानबिय र धनजनको क्षती हुने गरेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ