arrow

सभामुखका अभिभावक दाहाल फर्किए

अनन्तको फोक्सोमा संक्रमण

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
dahal-2.jpg.jpeg
काठमाडौं । पार्टी सचिव वर्षमान पुनलाई भेट्न थाइल्याण्ड गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । पुनको स्वास्थ्यस्थिति बारे जानकारी र थप उपचारको सल्लाहका लागि थाइल्याण्ड बैंकक पुगेका दाहाल बैंककको समितिभेज अस्पतालमा उपचारमा सम्लग्न चिकित्सकहरुसँग पुनको स्वास्थ्यस्थितिबारे परामर्श गरी आज साँझ ७ः४५ बजे नेपाल एयरलाइन्सको जहाजमा काठमाडौं ओर्लिएका हुन् । 
 
भेटका क्रममा हाहालले उपचारमा सम्लग्न चिकित्सकहरुसँग ३ पटक परामर्श गरे ।  चिकित्सकहरुका अनुसार विगतमा नेपाल र भारतमा भएको उपचारका क्रममा देखिएको लिभर सम्बन्धी समस्याको पूर्णरुपमा सुधार भएको तर लामो समय बिरामीको कारण प्रतिरोधात्मक क्षमतामा कमि आएकाले पुनको फोक्सोमा संक्रमण देखिएको छ ।
 
प्रतिरोधात्मक क्षमताको वृद्धि गराई संक्रमणको पूर्ण उपचार पश्चात पुन स्वदेश फर्किने दाहालले जानकारी दिए । अध्यक्षसंगै बैंकक प्रस्थान पुन पत्नी तथा सभामुख ओनसरी घर्ती भने केही दिन उतै हरने छन् । दाहाल बैंकक जानु अघि एक साताको भ्रमण हुने बताइएपनि चाँडै फर्किएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ