arrow

मुसिकोटमा नागरीकता वितरण शिविर सञ्चालन हुने

logo
कौरव खत्री,
प्रकाशित २०७४ साउन २१ शनिबार
nagarikta.png

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा यहि श्रावण २८,२९ र ३० गते नागरिकता वितरण सिविर सञ्चालन हुने भएको छ।वर्षातको समयका कारण नागरिकता लिनको लागि जिल्लावासिहरु सदरमुकाममा आउन अहिज हुने भएकाले नगरपालिकामै पुगेर नागरिकता वितरण गर्न लागिएको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।
 
मतदाता नामावली संकलन कार्यलाई समेत मध्यनजर गरेर नागरिकता वितरणगर्न लागीएको बुझिएको छ। नागरिकता प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका मुसिकोट नगरपालिका भित्रका नागरिकलाई केन्द्र वामी टक्सारमा पुगी नागरिकता वनाउन नगरपालिका कार्यालयले अनुरोध गरेको छ ।त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकहरुको लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य नगरपालिका केन्द्र वामीमा चलिरहेको छ ।
 
जनताहरुको माग अनुसार मतदाता नामवली दर्ता र नागरीकता बितरणलाइ एकैपटक ब्यबस्था गर्न सो पहल गरीएको नगरप्रमुख सापकोटाले जानकारी दिए ।सबै मुसिकोट बासीलाइ उक्त तीन दिनमा नागरीकता लिन र नामावली दर्ता गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ