arrow

भरतपुर महानगरको मेयरमा रेणु दाहाल निर्वाचित, महानगरको पहिलो महिला मेयर पनि

२ सय ३ मतअन्तरले विजयी

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
Renu-Parchand.jpg

काठमाडौं । भरतपुर महानगरमाको प्रमुखमा काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले विजी भएकी छन् । २० नम्बर वडाको मत गणना सकिएसँगै दाहाल विजयी भएकी हुन् ।

दाहालले २ सय ३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी हुन् । योसँगै रेणु महानगरको पहिलो महिला मेयर भएकी छन् । उपप्रमुखमा काँग्रेसकी पार्वती शाह विजयी भएकी छन् ।

भरतपुर २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । १९ नम्बरको मतगणना सकिँदा ज्ञवालीले नै अग्रता लिएका थिए ।

पहिलो चरणमा भएको निर्वाचनको मतगणना भइरहेका बेला जेठ १४ गते दलका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर १९ मा शुक्रबार मात्रै पुनः मतदान भएको थियो ।

१९ नम्बर वडामा पहिलो चरणमा झण्डै ८ सय मतले पछि परेकी दाहाल पुनःमतदान हुँदा जम्मा २२१ मतले पछि परेपनि सबै मत गनिसक्दा उनले प्रत्यासीले पछि पार्दै जीत दर्ता गराएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ