arrow

काठमाडौं महानगरमा बिद्यासुन्दर जिससमा शिवसुन्दर

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
kathmandu_district_map.png

काठमाडौँ। काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन्। 

आइतबार  भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएको  मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरे । 

यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गर्नु गरे । 

सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार छन्। नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ