arrow

प्रचण्डले भने–नयाँ शक्तिका पूर्व माओवादीहरु लगभग सबै आउने भइसके

‘एमालेलाई संघीयता घाडो भएको छ, गणतन्त्र पनि मन परेको छैन’

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
prachanda_news.jpg

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै आफुहरुको समस्या भएको बताएका छन् ।

पोखराको बुद्धचोकमा सुरु भएको माओवादी केन्द्र प्रदेश नम्वर–४ को प्रशिक्षणमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले यसो भनेका हुन् ।

अध्यक्ष दाहालले भने, ‘वर्ग संघर्षको अचुक हतियार भनेको संगठन नै हो । विचारको प्राथमिकतापछि संगठनको विशेष महत्व हुन्छ । संगठन र फेरि पनि संगठनको हाम्रो मूख्य उद्देश्य हो ।’ हामी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई नयाँ बनाई छोड्ने संकल्प गरेर आएका छौँ ।

दाहाले आफुहरुले सचिवालय बैठकबाट माओवादी धाराको एकताको अपील गरेको बताए । उनले भने,  ‘त्यसको मूख्य जिम्मेवारी हाम्रै काँधमा छ ।’

उनले, ‘वैद्यजी, बाबुरामजी लगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो । तर, सक्नुभयो त ? जनताले फुटलाई अनुमोदन गरे त ? जनताले फुटलाई अस्वीकार गरे । अब माओवादी एक हुनुको विकल्प छैन’–भने ।

दाहालले २ नम्वर प्रदेशमा परिणाम बाँकी रहेको बताउँदै ६ प्रदेशको परिणामले सबै माओवादीहरु माओवादी केन्द्रमा आउ भनेको तर्क गरे । जनताले हामीलाई एकताको नेतृत्व गर्न पनि आदेश दिएका छन्, दाहाले भनेका छन् ।

दाहालले नयाँ शक्तिका पूर्व माओवादीहरु लगभग सबै नै आउने बताए । प्रशिक्षणका क्रममा उनले सबै माओवादी साथीहरु फर्कने अवस्था छ,–समेत भने । विप्लवभित्र र वैद्यभित्र पनि एकताका लागि दबाब परेको छ । उहाँहरुले सोच्नै पर्ने परिस्थिति आएको छ, दाहालले थपे, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ । हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ ।’

प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा हामी देशव्यापी बहस र अभियान सञ्चालन गर्दैछौ, दाहालले थपे, ‘यसले सिङ्गो देशलाई एकतावद्ध गर्नेछ । हामीले समानुपातिक निर्वाचन प्रणालीको बहस पनि चलाउने छौँ । यसले निर्वाचनको विकृति अन्त्य गर्दछ ।’
कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौ, त्यसमा काँग्रेस एमालेले मानेनन्, भने हामी जनताको बीचमा जान्छौ, दाहालले भनेका छन् ।

दाहालले एमालेलाई संघीयता घाडो भएको छ, गणतन्त्र पनि मन परेको छैन, –भने । समावेशीता पनि मन पर्दैन, उनले थपे, ‘हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री बन्दा असैह्य भएको छ ।’ माओवादीले पहल नलिने, जनतालाई प्रशिक्षित नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउँछन् ।  बैठकमा महाधिवेशन आयोजक समितिका ५०० जना सदस्यहरु सहभागि छन् ।
चुनावी रिपोर्ट प्रस्तुत गर्ने जिल्ला संयोजकहरु
१) गोरखा, लेखबहादुर थापा
२) तनहुँ, राजेन्द्रकेशरी न्यापाने
३) लमजुङ, मधु अधिकारी
४) स्याङ्जा, शैलेन्द्र घिमिरे
५) पर्वत, सुदिप कुंवर
६) म्याग्दी, गोविन्द पौडेल
७) बाग्लुङ, चन्द्रबहादुर थापा
८) नवलपुर, मित्रशरण शर्मा
९) कास्की, दीपक कोइराला
१०) मनाङ, नेपबहादुर गुरुङ
११) मुस्ताङ, सत्यनारायण शेरचन

रिपोर्टमा प्रस्तुत भएका मूख्य विषय
१) संगठनात्मक अराजकता, भद्दा कमिटि र अस्तव्यस्तता ।
२) चुनावी तालमेलमा पहल लिन नसक्नु ।
३) राजनीतिक मुद्दाअनुसार संगठनमा पहलको कमि, नेताहरुको निष्क्रियता ।
४) आर्थिक, सांस्कृतिक र संगठनात्मक अनुशासनको समस्या ।
५) प्रचारको कमि, विरोधीका भ्रम चिर्न असफल हुनु ।
६) नेता, कार्यकर्तामा निरासा, मनोबलको कमि ।
७) पार्टी्भित्र विचार समूह छैनन् । तर, आ–आफ्ना गुट बनाउने समस्या ।
८) गाउँपालिकाको चुनावमा करोडौ खर्च गरे, माओवादीसँग त्यो हैसियत नहुनु ।
 

रामबहादुर थापाले के भने ?
–निर्वाचनमा हामी तेस्रो स्थानमा भए पनि जनमत कमजोर छैन । निर्वाचन परिणामले माओवादी नेपाली राजनीतिको बैकल्पिक धारा स्थापित भयो ।
–कांग्रेस, एमालेको वैचारिक धारामा खासै अन्तर छैन । उनीहरुका एजेण्डा र दृष्टिकोणमा ठूलो छैन । उनीहरु परिवर्तनको बाहक होइन ।
–जनताले हामीलाई क्रान्तिकारी बिकल्पका रुपमा छानेका छन् । तर, हाम्रा कमजोरीलाई जनताले दण्डित पनि गरेका छन् । रुपान्तरणको अपेक्षा राखेका छन् ।
–हाम्रा संगठनहरुलाई क्रान्तिकारी जनसंगठनका रुपमा विकास गर्न आवश्यक छ । संगठन बिनाको पार्टी र विचारले लक्ष्य प्राप्त गर्न सकिन्न ।
–क्रान्तिकारी संगठन, व्यापक जनसंगठन र क्रान्तिकारी पार्टी निर्माण नै अहिलेको हाम्रो मूल कार्यभार हो ।
–संगठन ठूलो भएर पुग्दैन, त्यो संगठन लक्ष्यप्रति प्रतिवद्द, अनुशासित र संकल्प एकतामा आधारित हुनुपर्छ ।

के भन्छन् नारायणकाजी ?
–हरहालतमा माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गर्नुपर्छ । त्यसमा दायाँ बायाँ गर्ने छुट कसैलाई छैन ।
–हामीमा संगठनात्मक व्यवस्थापन र सुदृढ एकता भएन । हामीमा विचार समूह छैनन् । तर, स्वार्थ समूह बिघटन भइसकेका छैनन् ।
–पार्टीको प्रचार संयन्त्र धेरै नै कमजोर भयो । अध्यक्ष प्रचण्डले गरेजस्ता काम सरकारमा बसेर कांग्रेस, एमालेले गर्थे भने त्यसलाई धेरै प्रचार गरिन्थ्यो । तिललाई पहाड बनाइन्थ्यो ।
–पार्टीलाई एकतावद्ध बनाएर गयौं भने आगामी निर्वाचनमा हामीले राम्रो विजय हासिल गर्न सक्छौ । आगामी मंशीरमा प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ